मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा

सोमबार, १५ वैशाख २०८२, २३ : ००
सोमबार, १५ वैशाख २०८२

मोरङ । विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा त्रिभुवन आर्मी क्लव विजयी भएको छ । विराटनगर–१९ वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा सोमबार भएको समुह ए अन्तरगत अन्तिम लिग खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लवले वागमती प्रदेशलाई पाँच विकेटले पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।

आइतबार राति वर्षा भएपछि २६ ओभरमा छोट्याएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वागमतीले २४ दशमलव तीन बलमा सबै विकेट गुमाई ९६ रन बनाएको थियो । वागमतीका लागि कप्तान सिचिन लेखकले २४, प्रतिक श्रेष्ठले १५ रन र आदिल खानले १० रन बनाएका थिए ।

९७ रनको सामान्य लक्ष्य पछ्याएको त्रिभुवन आर्मीले १७ दशमलव तीन बलमा पाँच विकेट गुमाई विजयी भएको छ । आर्मीका निश्चल क्षेत्रीले ४६ रन, हिमांशु दत्तले १८ रन बनाएका थिए ।  मङ्गलबार समूह बीको पहिलो लिग खेल आयोजक कोशी प्रदेश र नेपाल प्रहरीको पुलिस क्लवबीच हुने आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले जानकारी दिए ।
 

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप