मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा

मोरङ । विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा त्रिभुवन आर्मी क्लव विजयी भएको छ । विराटनगर–१९ वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा सोमबार भएको समुह ए अन्तरगत अन्तिम लिग खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लवले वागमती प्रदेशलाई पाँच विकेटले पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।
आइतबार राति वर्षा भएपछि २६ ओभरमा छोट्याएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वागमतीले २४ दशमलव तीन बलमा सबै विकेट गुमाई ९६ रन बनाएको थियो । वागमतीका लागि कप्तान सिचिन लेखकले २४, प्रतिक श्रेष्ठले १५ रन र आदिल खानले १० रन बनाएका थिए ।
९७ रनको सामान्य लक्ष्य पछ्याएको त्रिभुवन आर्मीले १७ दशमलव तीन बलमा पाँच विकेट गुमाई विजयी भएको छ । आर्मीका निश्चल क्षेत्रीले ४६ रन, हिमांशु दत्तले १८ रन बनाएका थिए । मङ्गलबार समूह बीको पहिलो लिग खेल आयोजक कोशी प्रदेश र नेपाल प्रहरीको पुलिस क्लवबीच हुने आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद नियमावलीको १४ औँ संशोधनले २ हजार आयोजनालाई निकास दिन्छ: अध्यक्ष सिंह
-
लगातारको वर्षाले फुल्न लागेको स्याउका बोटमा असर
-
बालाजुमा महिलाले पेट्रोल छर्केर आफ्नै शरीरमा लगाइन् आगो
-
बोस बेबी : १४ वर्षका वैभवसामु कुन–कुन रेकर्ड नतमस्तक बने ?
-
नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको केन्द्रीय महाधिवेशन वैशाख २० र २१ गते नेपालगञ्जमा
-
कैलालीमा प्रहरी प्रमुख विष्टको सरुवा, बाल नरसिंह राणा आउँदै