मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता

सोमबार, १५ वैशाख २०८२, २२ : २८
सोमबार, १५ वैशाख २०८२

लन्डन । नेपालकी राष्ट्रिय धाविका सन्तोषी श्रेष्ठले लण्डन म्याराथनको ४५औं संस्करणमा नयाँ कीर्तिमान कायम गरेकी छिन्। २७ अप्रिल आइतबार भएको विश्व प्रतिष्ठित लन्डन म्याराथनमा उनले निर्धारित दुरी २ घण्टा ४२ मिनेट ५० सेकेण्डमा पूरा गरेकी हुन्।

यसैगरि नेपाल रन यूकेका संस्थापक सन्तोष राईले नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमा लन्डन म्याराथन दौडिएर गिनिज वर्ल्ड रेकर्ड बनाएका छन् । सन्तोषले २ घण्टा ५९ मिनेट ४७ सेकेन्डमा दूरी पूरा गरेका थिए । लन्डन म्याराथनमा एक सय भन्दा बढी नेपालीहरुको सहभागिता रहेको थियो ।

नेपाल रन यूकेका संस्थापक सन्तोष राईले सन्तोषीलाई बधाई दिंदै यो कीर्तिमान देशकै गौरव भएको बताए । सन्तोषीले गत वर्ष बंगलादेशको ढाकामा आयोजित बंगबन्धु शेख मुजीब ढाका म्याराथनमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी थिइन्।

सन्तोषी नेपाल रन यूकेको आर्थिक सहयोगमा बेलायत आएकी हुन् । यसपटक नेपाल रन यूकेको संयोजनमा ९६ जना नेपालीले भाग लिएका थिए । उनले त्यतिबेला निर्धारित दूरी २ घण्टा ४६ मिनेट २२ सेकेन्डमा पूरा गरी स्वर्ण पदक जितेकी थिइन्। गत वर्ष पेरिस ओलम्पिकमा उनले निर्धारित दुरी २ घण्टा ५५ मिनेटमा पूरा गरेकी थिइन्।

लन्डन म्याराथन दौडिने नेपाली धावकहरुलाई आइतबार बेलुका लन्डनस्थित नेपाली दूतावासले पनि एक रिसेप्सन आयोजना गरी सम्मान गरेको छ ।

यसपटकको ४५ औँ संस्करणको कुल  २६.२ माइल (४२.१९५ किलोमिटर) लामो लन्डन म्याराथनमा ५६ हजार ६४० जना धावक सहभागि भएर गिनिज वर्ल्ड रेकर्ड कायम गरेर नयाँ किर्तिमान कायम भएको छ । लन्डन म्याराथनले न्यूयोर्क म्याराथनले नोभेम्बर २०२४ मा कायम गरेको ५५,६४६ धावकको रेकर्ड तोड्न सफल भयो ।

२०२५ को दौडको लागि ५ लाख ७८ हजार ३०४ को आवेदन परेको थियो जसले सन् २०२४ को विश्व रेकर्डलाई पनि तोडेको छ । बेलायती आवेदकहरूमध्ये ४९५ महिला थिए भने २०–२९ वर्षका युवाहरूको आवेदन संख्या १०५ प्रतिशतले बढेको थियो।

यस वर्षको लन्डन म्याराथनमा पुरुषतर्फ केन्याका सबस्टियन सावे २ घण्टा २ मिनेट २७ मिनेटमा दूरी पार गर्दै विजेता बनेका छन् । महिलातर्फ विजेता इथियोपियाकी टिस्ट आसिफाले २ घण्टा १५ मिनेट ५० सेकेन्डमा दूरी पूरा गरेकी छन् ।

। यो संसारको सबैभन्दा ठूलो वार्षिक एकदिने फन्ड रेजिंग इभेन्ट पनि हो, जसले १९८१ देखि अहिले सम्म £ १.३ बिलियन भन्दा बढी चन्दा संकलन गरिसकेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप