मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो : शर्मा

काठमाडौँमा भेला भएका एनआरएनए डेलिगेट्सहरुसँग अन्तरक्रिया सम्पन्न
सोमबार, १५ वैशाख २०८२, २२ : २३
सोमबार, १५ वैशाख २०८२

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को वैशाख २० देखि २२ सम्म तय भएको एकता महाधिवेशनमा भाग लिन विश्वभरका प्रतिनिधि (डेलिगेट्स) हरु काठमाडौँमा भेला हुन सुरु भएको छ ।  सोमबारसम्म करिब ५०० प्रतिनिधि भेला भइसकेको एनआरएनएका अभियन्ताहरुले बताएका छन् ।

करिब २९०० डेलिगेट्समध्ये ५०० जना भेला भइसकेको र २० गतेसम्म नाम दर्ताहरुकाहरु अधिकांश आइपुग्ने बताइएको छ ।  प्रतिनिधिहरु काठमाडौँमा भेला भएसँगै सोमबार राति एक कार्यक्रम आयोजना गरिएको छ ।

राजधानीको नेपाल हाउसमा आयोजित कार्यक्रममा बोल्दै अभियन्ता आरके शर्माले सयौँ डेलिगेट्सहरु काठमाडौँ आइसकेको उल्लेख गर्दै एकता महाधिवेशन सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले सरकारले एकता महाधिवेशन सफल गराउन भूमकिा खेल्ने विश्वास गर्दै नेपालको जीडीपीमा ३० प्रशितत भन्दा बढी योगदान दिने एनआरएनएको कार्यक्रममा साथ दिनु यसको दायित्व समेत बताए । 

यस्तै एनआरएनएको एउटा समूह अझै पनि एकता महाधिवेशनमा सहभागी नभएको विषय कोट्याउँदै उनले ‘मन नमिलेका साथीहरु गोलटेबलमा बसेर सहमतिमा आउनुपर्ने’ बताए । उनले व्यक्तिका अनेकत विषय हुनसक्ने भन्दै अहिलेको अवस्थामा संस्थाको हित नै सबैभन्दा ठुलो कुरा भएको बताए । 

‘सर्वोच्च अदालतको परमादेशअनुसार हुने एकताको महाधिवेशन सफल पार्न भूमिका खेल्न म आग्रह गर्छु’, उनले भने, ‘यो विषम परिस्थितिमा कसैलाई पनि नकारात्मक टिप्पणी नगर्न आग्रह गर्छु ।’ एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षका दाबेदार समेत रहेका उनले विश्वभरबाट नेपालीहरु भेला भइसकेको अवस्थामा अदालतले पनि एकताकै पक्षमा निर्णय लिने विश्वास व्यक्त गरे । 

यस्तै अभियन्ता महेश श्रेष्ठले बद्री केसी पक्षलाई पनि समेट्नुको विकल्प नभएको उल्लेख गर्दै उनीहरुलाई पनि लचक भएर छलफलमा बस्न आग्रह गरे । उनले सबै तयारी भइसकेको महाधिवेशन सार्दा अन्याय हुने भन्दै अदालतले पनि यो विषयलाई हेर्नुपर्ने बताए । 

यस्तै कार्यक्रममा अभियन्ताहरु केशव पौडेल, बुद्धि सुवेदी, प्रेम गाहा मगर, खगेन्द्र न्यौपाने, मनोज गोर्खाली, डीबी क्षेत्री, शशी पौडेललगायत दर्जनौँको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप