मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

आईपीएल : गिल र बट्लरको विस्फोटक ब्याटिङ, राजस्थानसामु २ सय १० रनको लक्ष्य

सोमबार, १५ वैशाख २०८२, २१ : ३३
सोमबार, १५ वैशाख २०८२

काठमाडौँ ।  प्लेअफको दौडमा रहेको गुजरात टाइटन्सले राजस्थान रोयल्सविरुद्ध उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै २ सय १० रनको लक्ष्य प्रस्तुत गरेको छ । सोमबार जयपुरमा भएको इन्डियन प्रिमियर लिग (आईपीएल) को ४७ औँ खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ९ रन बनाएको हो ।

गुजरातले खेलमा उत्कृष्ट सुरुवात गरेको थियो । साई सुदर्शन र कप्तान शुभमन गिलले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गरे । गुजरातले पहिलो विकेटका रुपमा साई सुदर्शनलाई गुमायो । उनले ३० बलमा ३९ रन जोडे । यस क्रममा उनले ४ चौका र १ छक्का हिर्काए ।

त्यसपछि गिलले जोस बट्लरसँग मिलेर ३८ बलमा ७४ रनको साझेदारी गर्दै टोलीको इनिङ्सलाई अघि बढाए । मात्र ५० बलमा ८४ जोडेर जोडेर गिल आउट हुँदा टोलीले २ विकेटको क्षतिमा १ सय ६७ रन बनाएको थियो । गिलले आफ्नो धुँवादार इनिङ्समा ५ चौका र ४ छक्का प्रहार गरे ।

बट्लरले पनि तीव्र गतिमा रन जोडे । उनले मात्र २६ बलको सामना गर्दै ३ चौका र ४ छक्का प्रहार गरेर ५० रन बनाए ।वासिङ्टन सुन्दर १३ रन बनाएर आउट भए भने राहुल तेवाटियाले ९ रन र शाहरुख खानले ५ रन बनाए ।

राजस्थानका लागि महिष थिकशानाले ४ ओभर बलिङ गर्दै ३५ रन खर्चेर २ विकेट लिए । जोफ्रा आर्चर र सन्दीप शर्माले एक–एक विकेट हात पारे ।गुजरात ८ खेलबाट १२ अंक बटुल्दै तालिकामा दोस्रो स्थानमा रहेको छ । आजको खेल जिते टोलीले रोयल च्यालेन्जर्स बेंगलुरुलाई उछिन्दै शीर्ष स्थानमा पुग्नेछ ।

राजस्थानको भने प्लेअफमा पुग्ने सम्भावना सकिसकेको छ । ९ खेलबाट ४ अंक मात्र बटुलेको टोली पुछारबाट दोस्रो स्थानमा छ ।

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप