मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

जसपा नेपालले पहिचानको आन्दोलनलाई देशव्यापी विस्तार गर्ने

सोमबार, १५ वैशाख २०८२, २० : ०५
सोमबार, १५ वैशाख २०८२

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पहिचानको आन्दोलनलाई देशव्यापी विस्तार गर्ने भएको छ । 

पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीले सुनसरीकोे धरानमा आयोजना गर्न लागेको ‘कोशी नाम र केबलबकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी’ को उद्देश्य पहिचानको आन्दोलनलाई देशव्यापी विस्तार गर्ने र पहिचानको आधारमा प्रदेशहरुको पुनः नामाङ्कन गर्ने रहेको बताएका छन् ।

सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशीताको रक्षार्थ सङ्घर्षको थालनीको रुपमा पार्टीका अध्यक्ष उपेन्द्र यादव प्रमुख वक्ता र सह–अध्यक्ष रकम चेम्जोङको अध्यक्षता रहने गरी उक्त विचार गोष्ठी गर्न लागिएको बस्नेतल बताए ।

आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, महिला, पिछडा वर्ग, अल्पसंख्यक, पछाडि परेका र पारिएका जाति/समुदाय र क्षेत्रका जनताको हक, अधिकार सुनिश्चित गर्न तथा विद्यमान सबै किसिमका असमानता, अन्याय, शोषण, उत्पीडन र विभेदको अन्त्यका लागि जसपा नेपालले साङ्गठनिक गतिविधि, अन्तरक्रिया तथा सङ्घर्षका विभिन्न कार्यक्रम गर्ने गरेको उनले बताए ।

नेता रकम चेम्जोङको संयोजकत्वमा गठित आन्दोलन परिचालन तथा समन्वय समितिको आयाोजनामा आगामी बैशाख २० गते उक्त गोष्ठी गर्न लागिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप