राजेन्द्र लिङ्देनले भनेको प्रमाण के हो ? ‘नेताका छोरा’ खोज्दा भेटिए चुरोट चोरेर भाग्ने

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख १२ मा प्रतिनिधिसभामा भने, ‘भाटभटेनीबाट मदिरा लुट्ने कांग्रेस सहमहामन्त्रीका छोरालाई पक्राउ गरेर छोडियो ।’ उनले गृहमन्त्रीलाई चुनौती दिँदै भने, ‘हामीसँग प्रमाण छ ।’
चैत १५ मा भएको लुटबारे गम्भीर प्रश्न उठाएपछि प्रहरीले त्यसबारे पुनः अनुसन्धान गरेको छ । पक्राउ गरिएको तर, स्क्रिनिङ गरेर छाडिएकाहरूको अनुसन्धानबाट थप एक जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँले नियन्त्रणमा लिएको छ । नेताको छोरा खोज्दा भेटिएका आरोपी हुन, निदेश महतो । २० वर्षीय महतो सिराहको लहान नगरपालिका–४ घर भएर अहिले काठमाडौं–३२ स्थित कोटेश्वरमा बस्छन् ।
सुरुमा पक्राउ परे पनि मुख्य घटनामा संलग्नता पुष्टि नभएपछि उनी हाजिर जमानीमा रिहा भएका थिए ।
प्रहरीले संकलन गरेको थप प्रमाण र सीसीटीभी फुटेज केलाउँदा उनले भाटभटेनीबाट एक बोतल मदिरा र ५ बट्टा चुरोट चोरेर भागेको पुष्टि भएको छ । तर महतो नेताका छोरा नभएका जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्, ‘सामान्य मान्छे हुन्, नेताका छोरा होइनन् ।’
कोटेश्वर क्षेत्रको एउटा होटलमा उनले उधारो मदिरा खाएका रहेछन् । भाटभटेनीबाट चोरेको रक्सी त्यहाँ दिएको र चुरोटचाहिँ आफूले प्रयोग गरेको उनले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् । उनले भनेका छन्, ‘विदेशी चुरोट रहेछ, त्यो मैले प्रयोग गरेँ ।’
उनलाई सोमबार आपराधिक उपद्रवसम्बन्धी कसुरमा अदालतबाट १० दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक महासंघसँग सिंहदरबारमा मध्यरातमा वार्ता, सरकार सकारात्मक, ठोस निर्णय हुन बाँकी
-
राजस्थानको विष्फोटक व्याटिङले गुजरातलाई झट्का, सूर्यवंशीले गरे चमत्कार
-
तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन शुरु
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?