मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इरानको बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो

सोमबार, १५ वैशाख २०८२, १७ : ५६
सोमबार, १५ वैशाख २०८२

तेहरान ।  इरानको राजी बन्दरगाहमा शनिबार भएको  विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या ४६ पुगेको होर्मोजगन प्रान्तका सङ्कट व्यवस्थापन निर्देशक मेहरदाद हसनजादेहलाई उद्धृत गर्दै इरानी समाचार एजेन्सीले जनाएको छ ।

अधिकारीहरूले आगलागीमा एक हजार भन्दा बढी व्यक्तिहरू घाइते भएको बताएका छन् । हसनजादेहले अधिकाशं घाइतेहरु उपचार पछि फर्किइएको तथा १३८ जना घाइतेहरू अझै अस्पतालमा  उपचाररत रहेको उल्लेख गरेका छन् ।

इरानको सरकारी टेलिभिजनले आगलागीको फुटेज देखाउदै आगो पूर्ण रूपमा नियन्त्रणमा आएपछि क्षतिको मूल्याङ्कन गरिने जनाएको छ ।  आगो निभाउनको लागि अग्निनियन्त्रण यन्त्र (दम्कल) तथा हेलिकप्टर  परिचालन गरि रहेको टेलिभिजन फुटेजकमा देखाइएको छ । 

बन्दरगाहस्थित भन्सार कार्यालयले विस्फोटको स्पष्ट कारण एकिन नभएता पनि रासायनिक सामग्री भण्डारण डिपोमा आगलागी भएको हुनसक्ने जनाएको छ । इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले घटनाको अनुसन्धान गर्न आदेश दिएका छन् ।

सामाजिक सञ्जाल तथा सिसिटिभीमा देखाइएको भिडियोमा सानो आगो धुवाँको साथ घटना बिस्तारै सुरु भएको देखाइएको छ ।  गोदामको छेउमा केही कन्टेनरहरू बिचबाट सुरु भएको सानो आगोले ठुलो रुप लिएको देखाइएको छ । 

राष्ट्रपति मसूद पेजेस्कियनले अब्बासमा घाइतेहरूलाई भेट्न अस्पतालमै पुगेको जनाइएको छ । अधिकारीहरूले यस क्षेत्रका सबै विद्यालय तथा कार्यालयहरू बन्द गर्न आदेश दिएका छन् भने बासिन्दाहरूलाई ‘अर्को सूचना नभएसम्म’ सुरक्षित रहन आग्रह गरिएको छ । 

रक्षा मन्त्रालयका प्रवक्ता रेजा तलाई–निकले यस क्षेत्रमा सैन्य इन्धन वा सैन्य प्रयोगका लागि कुनै आयात र निर्यात नगरिएको बताएका छन् । रूसले आगो नियन्त्रणको लागि सहयोग गर्न विशेषज्ञहरू पठाएको छ ।  

अधिकारीहरूले सोमबार राष्ट्रिय शोकको घोषणा गरेका छन् भने बन्दरगाहको होर्मोजगन प्रान्तमा आइतबार देखि नै तीन दिनको शोक सुरु भएको छ । तेहरानमा आयोजित उच्चस्तरीय वार्ताका लागि ओमानमा इरानी र अमेरिकी प्रतिनिधिहरू भेटवार्ता गर्दै गर्दा विस्फोट भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप