राज्यले शिक्षकहरूमाथि गरेको बर्बरता काँग्रेसले सहन सक्दैन : डा.शेखर कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा.शेखर कोइरालाले सरकारले शिक्षकहरूमाथि गरेको बर्बरता काँग्रेसले सहन नसक्ने बताएका छन् ।
विपी कोईराला सोसलिस्ट इन्टरनेशनल नेपालद्वारा सोमबार काठमाडौँमा आयोजित ‘विपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक लोकार्पण तथा ‘आजको सन्दर्भमा वीपीको समाजवादी चिन्तनको सार्थकता र सान्दर्भिकता’ विचार गोष्ठीमा उनले यस्तो बताएका हुन् ।
सांसद कोइरालाले आईतवार सरकारले शिक्षकहरूमाथि गरेको बर्बरता निन्दनीय मात्रै नभएर घृणित भएको बताए । उनले यस्ता कार्यहरू काँग्रेसले सहन नसक्ने बताए ।
उनले एमालेसँग सहकार्य गरेर सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूलाई आफूले भन्नु केही नभएको बताउँदै सरकार बाहिर रहेकाहरूले गलत र कमी,कमजोरीहरूलाई औँला उठाएर भन्ने आँट गर्नुपर्ने बताए । उनले कार्यकर्ताहरूलाई सरकारले गरेका गलत र कमीकमजोरीहरूलाई औँला उठाएर भन्ने आँट गर्न सुझाव दिँदै त्यसको लागि आफूले शाहस दिने जिकिर गरे ।
उनले भने,“शिक्षकहरूमाथि जुन बर्बरता हिजो सरकारले गर्यो, त्यो निन्दनीय मात्रै छैन, घृणित पनि छ । यो नेपाली काँग्रेस जस्तो पार्टीले सहन सक्दैन । त्यस कारण मैले भन्ने गरेको छु, सरकारमा बस्ने हाम्रा साथीहरू जो हुनुहुन्छ, उहाँहरूले सहकार्य गरेर जानुहोस् एमालेसँग त्यसमा मलाई केही भन्नु छैन । तपाईं हामीहरू जो बाहिर छौँ, हामीले यो सरकारले गरेका गलत र कमीकमजोरीहरूलाई औँला उठाएर भन्ने आँट तपाईँहरूले गर्नुपर्छ, तपाईंहरूलाई शाहस दिन म छु ।”
उनले अब पार्टीको लागि मात्रै नभएर राष्ट्रका निम्ति आवाज बुलन्द गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल विद्युत् प्राधिकरणको श्वेतपत्र अनिश्चितकालका लागि स्थगित
-
जसपा नेपालको ओखलढुङ्गा जिल्ला अध्यक्षमा प्रकाश तामाङ निर्वाचित
-
यातायात कार्यालय पाल्पा : सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि
-
बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा आज
-
असन्तुष्टिमा खेल्ने प्रचण्ड र ज्ञानेन्द्रको योजना प्रत्युत्पादक, ओलीलाई हाइसन्चो !
-
नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातिको सवारी आवागमन वैशाख ३१ सम्म रोकिने