आन्दोलनरत शिक्षकहरूको नारा – पुरानो ऐन चाहिँदैन, शिक्षक पिट्न पाइँदैन

काठमाडौँ । विद्यालय शिक्षा ऐनको माग गर्दै देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू सडक आन्दोलनमा छन् । आन्दोलनको २६ औँ दिन आइतबार प्रहरीले लाठी र पानीको फोहोरा प्रहार गरेको थियो । जसले गर्दा ६२ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भए । उनीहरूमध्ये एक दर्जन बढीको अवस्था गम्भीर छ ।
बाँकी उपचारपछि आराम गर्न डाक्टरको सुझावकाबीच आजको आन्दोलनमा सरिक भए । उपचार गर्दा गर्दै उनीहरू प्रहरी दमनकाविरुद्ध नाराबाजीमा उत्रिएका हुन् । हिजो प्रहरीले शिक्षकहरूमाथि कुटपिट गरेपछि आज भने शिक्षकले नारा समेत त्यही अनुसार लगाएका छन् ।
उनीहरूले ‘पुरानो ऐन चाहिँदैन, शिक्षक पिट्न पाइँदैन’, ‘प्रहरी दमन बन्द गर,’ ‘पञ्चायतकालको शिक्षा ऐन खारेज गर,’ जस्ता नारा लगाएका थिए । शान्तिपूर्ण आन्दोलन गर्दै आएका शिक्षकहरूमाथि प्रहरीले पानीको फोहोरा र लाठी प्रहार गरेपछि आक्रोशित बनेका छन् ।
उनीहरूले सरकारको लाठी, पानीको फोहोरा, प्रहरी बुट समेत पचाइसकेको भन्दै गोली खान समेत तयार रहेको चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने
-
डिजिटल वालेटमार्फत झण्डै १८ अर्ब अवैध रकम बैकिङ्ग च्यानलमा, २१ जनामाथि अनुसन्धान
-
रोजगारी सिर्जनादेखि विदेशी मुद्रा आर्जन गर्दै नेपाली चिया
-
खुम्बु क्षेत्रमा भारी हिमपात
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, के गर्ला निर्णय ?
-
सन् २०२८ सिजनबाट आईपीएलमा खेल सङ्ख्या बढाएर ९४ पुर्याउने योजना