अवैध रूपमा आयात गरेको एप्पल चामल सिल
सोमबार, १५ वैशाख २०८२, १६ : ४५

काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अवैध रूपमा आयात गरेको १५० बोरा चामल सिल गरेको छ । विराटनगर हुँदै एपल ब्रान्डको चामल अवैध रूपमा आयात गरेको पाइएपछि उक्त चामल बिक्री वितरणमा रोक लगाइएको विभागका वरिष्ठ अधिकृत अमित झाले जानकारी दिए ।
बोरामा ३० किलो परिमाण रहेको उक्त १५० बोरा चामल घैला ब्रान्डको चामलसँगै काठमाडौँ ल्याउँदै गरेको भेटिएको झाले बताएका छन् । ‘सञ्चालक नरेश राठीले उत्पादनकर्ताको नाम ठेगाना नराखी बजारमा पठाउने गरेको भेटिएको छ ,’ उनले भने ।
यसरी अवैध रूपमा आयात गर्ने सञ्चालकलाई कारबाही हुने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : शिक्षक आन्दोलनबारे सर्वोच्चलाई सरकारको जवाफ, पोखरा विमानस्थलसम्बन्धी प्रतिवेदन हस्तान्तरण
-
पाथीभरा केबलकारद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान
-
वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने
-
बुधबारसम्म शिक्षकहरुका माग सम्बोधन हुन्छन् : सञ्चारमन्त्री
-
भारतीय पूर्वराजदूतहरूसँगको भेटघाटमा बाबुराम भट्टराईले के भने ?
-
आईपीएल : गिल र बट्लरको विस्फोटक ब्याटिङ, राजस्थानसामु २ सय १० रनको लक्ष्य