सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय

राजसंस्थाको पक्षमा आवाज उठाउँदा राप्रपाका नेताहरूलाई खोजीखोजी पक्राउ गरियोः लिङ्देन

सोमबार, १५ वैशाख २०८२, १६ : ४२
सोमबार, १५ वैशाख २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको पक्षमा आवाज उठाउँदा राप्रपाका नेताहरूलाई खोजीखोजी पक्राउ गरिएको भन्दै आक्रोश पोखेका छन् । 

कमल थापा नेतृत्वको राप्रपा नेपालले सोमबार आयोजना गरेको विरोधसभामा सहभागी भएका लिङ्देनले गत चैत १५ गते राजावादी सडकमा आउँदा लोकतन्त्रवादी भन्नेहरूले मानवअधिकार र लोकतन्त्र खिल्ली उडाएको आरोप लगाए ।  उनले अब सबै एक ठाउँ बसेर लोकतन्त्रको नामको लुटतन्त्र विरुद्ध जुट्नुपर्नेमा समेत जोड दिए । 

 उनले भने, ‘हाम्रा साथीहरू, जसले राजसंस्थाको पक्षमा आवाज उठाउनु भयो, उनीहरूलाई खोजी खोजी कष्टडीमा राखिएको छ । मानवअधिकार, लोकतन्त्रका कुरा गर्नेहरूले नै चैत १५ गते मानवअधिकार र लोकतन्त्रको खिल्ली कसरी उडाएका छन् । अब हामी सबै एक ठाउँ बसेर यो लोकतन्त्रको नामको लुटतन्त्रका विरुद्ध जुटौँ ।’

लिङ्देनले आँखाले देख्दा सबै ठिकठाक चलेको देखिए पनि मुलुक  वर्तमान समयको सबैभन्दा अप्ठ्यारो अवस्थामा चलिरहेको बताए । 

उनले चैत १५ गतेको घटनापछि थुनामा रहेको राप्रपाका नेताहरूको रिहाइ र उक्त घटनाको न्यायिक छानबिनको लागि सशक्त दबाब सिर्जना गर्न आह्वान समेत गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप