मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

९ महिनाकाे अवधिमा पोखराबाट ३८ हजार बढीले लिए श्रम स्वीकृति

सोमबार, १५ वैशाख २०८२, १६ : २६
सोमबार, १५ वैशाख २०८२

पोखरा । पोखराबाट साढे ३८ हजारले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ३८ हजार ५१२ जनाले श्रम स्वीकृति लिएका हुन् । तीमध्ये पुरुष ३३ हजार ६८१ र महिला ४ हजार ८२३ जना छन् ।

सबैभन्दा बढी कात्तिकमा ६ हजार ६५९ जनाले श्रम स्वीकृति लिएको कार्यालयका वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले जानकारी दिए । उनका अनुसार सोही अवधिमा ३ सय ८३ जनाको बालश्रम अनुगमन, ३ सय ८७ श्रम अडिट तथा प्रतिष्ठान अनुगमन ३ सय १६ को भएको छ ।

२०७५ पुसदेखि वैदेशिक रोजगारीमा जानेहरूका लागि पुनः श्रम स्वीकृति र २०७९ कात्तिक ३ देखि वैदेशिक रोजगारीको लागि नयाँ संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति दिँदै आएको छ । कार्यालयले वैदेशिक रोजगारीमा पीडित बनेकाहरूलाई रकम असुल गराइदिने काम पनि गरेको छ । यसबाहेक देशमै रोजगारीका क्षत्रमा युवालाई जोडिएको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप