सांसद बजगाईंद्वारा नागरिक उड्डयन प्राधिकरण विधेयकउपर १२ बुँदे सुझाव

काठमाडौँ । प्रतिनिधिसभाका सांसद राजेन्द्र बजगाईंले संसदमा विचाराधीन नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयकमा १२ बुँदे सुझाव दिएका छन् । सोमबार प्रतिनिधिसभामा बोल्दै बजगाईंले नागरिक उड्डयन मन्त्रालयको नेतृत्व शैली र प्रस्तावित विधेयकको खाका विषयमा चासो व्यक्त गरेका हुन् ।
बजगाईंले विधेयकले कडा सुरक्षा र निरीक्षण मापदण्ड लागू गर्नुपर्ने, यात्रुहरूका लागि फिर्ती, ढिलाइ र गुनासो निवारणमा स्पष्टता कायम गर्नुपर्ने, पाइलट, चालकदल र एयरलाइन्सका लागि कडाइयुक्त अनुमति प्रक्रिया लागू गर्नुपर्ने, हवाई ट्राफिक नियन्त्रण प्रणालीको आधुनिकीकरण गर्नुपर्ने, निजी लगानी प्रवर्द्धनसहित कडा नियमनको व्यवस्था गर्नुपर्ने तथा विमानस्थल र उडानको सुरक्षा बलियो बनाउने सुनिश्चितता हुनुपर्ने माग गरेका हुन् ।
त्यस्तै एकाधिकार रोकथाम र भाडा दर नियमन, उत्सर्जन कटौती र हरित प्रविधि प्रवर्द्धन, ड्रोन तथा यूएभी सञ्चालनका लागि स्पष्ट नियम, स्वतन्त्र र पारदर्शी दुर्घटना अनुसन्धान प्रक्रिया, अन्तर्राष्ट्रिय उड्डयन सम्झौताहरूको पालना तथा ड्रोन, उड्ने ट्याक्सी र हरित इन्धन प्रवर्द्धनसम्बन्धी विषय समेत विधेयकमा प्रस्ट ढङ्गले समावेश भएर आउनुपर्ने बताएका छन् ।
नेपालको उड्डयन मन्त्रालयलाई नवीनता र सुधारको ठुलो अपेक्षा बोकेको मन्त्रालयको हेरिने भन्दै उनले यस्तो अवस्थामा अन्तर्राष्ट्रिय महासन्धिको मर्मअनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था आईकाओको सिफारिसमा प्रति हुनुपर्ने आवश्यकता उनले औँल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कत्रो हुन्छ हाम्रो पेट ? कति खाने ?
-
साहित्यकार निहारिकालाई योगमाया राष्ट्रिय पुरस्कार २०८१ प्रदान गरिने
-
कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो लाभ ?
-
जनकपुरमा जानकी जन्मोत्सव शुरु, आजदेखि श्रीराम कथा वाचन