सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय

बलात्कारको आरोप लगाएकी प्रेमिकासँग युवकले गरे जेलमै विवाह

बिहे सकिएपछि दुलाहालाई जेल पठाइयो, दुलही भने घर फर्किइन्
सोमबार, १५ वैशाख २०८२, १६ : २०
सोमबार, १५ वैशाख २०८२

ओडिसा । भारतको ओडिसास्थित गंजम जिल्लामा बलात्कारको मुद्दामा जेल परेका २६ वर्षीय एक पुरुषले आइतबार जेल परिसरभित्रै पीडितसँग विवाह गरेका छन् । 

विवाहका क्रममा जेल परिसरमा दुलहा र दुलहीका परिवारका सदस्य, प्रतिष्ठित व्यक्ति र जेल अधिकारीहरूको उपस्थिति थियो । कोडालास्थित उपकारागार परिसरमा भव्य उत्सवको वातावरण बनेको थियो ।जिल्लाको पोलासरा प्रहरी चौकीको सीमाभित्र पर्ने गोछबारीमा विचाराधीन मुद्दाका ती कैदी सूर्यकान्त बेहेरा गत वर्ष नोभेम्बरमा जेल परेका थिए

प्रहरीले पक्राउ गर्नुअघि बेहरा गुजरातको सुरतमा काम गर्थे । उनकी आफ्नै प्रेमिकाले उनीविरुद्ध बलात्कारको मुद्दा दायर गरेकी थिइन् । मुद्दा दर्तापछि उनलाई पक्राउ गरिएको थियो । तर उनले अब आपसी सहमति भएको र विवाहको वातावरण बनेको बताएका छन् । 

दुलहीका वकिल पीके मिश्राले दुई परिवारबिच केही असमझदारी बनेका कारण २२ वर्षीया युवतीले बेहेराविरुद्ध बलात्कारको उजुरी दर्ता गरेको बताएका छन् । त्यसपछि उनलाई हिरासतमा लिइएको थियो । वकिल मिश्राले आपसी सहमतिमा दुई जनाको विवाह गर्न सफल भएको बताएका छन् । तर दुलहा भने मुद्दा चलिसकेकाले कैदमै छन् । ‘हामीले कारागार अधिकारीहरूबाट अनुमति लिएर र सबै कानुनी पक्ष पालना गरेर उनीहरूको विवाह समारोह आयोजना गर्‍यौँ,’ कोडाला उप–कारागारका जेलर तारिणीसेन देहुरीले भने । 

हिन्दु परम्पराअनुसार भयो विवाह 

वकिल मिश्राले उनीहरूको विवाह हिन्दु परम्पराअनुसार भएको बताए । यस क्रममा उनीहरू दुवै पक्षका आफन्तहरू समारोहमा उपस्थित थिए । विवाहमा दुलाहा सजिएर गाडी चढेर विवाह समारोहस्थलमा पुगेका थिए । यसको व्यवस्थापन पनि जेलका अधिकारीहरूले नै गरेका थिए । 

समारोह सकिएपछि दुलाहालाई जेल पठाइयो भने दुलही घर फर्किइन् । बेहुलाका बुबा भास्कर बेहेराले भने, ‘हामीलाई आशा छ कि उनी चाँडै जेलबाट रिहा हुनेछन् र उनीहरूले सुखी वैवाहिक जीवन बिताउनेछन् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप