राष्ट्रिय उसु निर्णायक र डिप्लोमा कोर्ष सम्पन्न

काठमाडौँ । नेपाल उसु महासंघको आयोजनामा सातौँ राष्ट्रिय उसु निर्णयक परीक्षा कोर्ष तथा ११औँ राष्ट्रिय उसु डिप्लोमा कोर्ष सोमबार सम्पन्न भएको छ ।
सहभागीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, तालिम तथा प्रशिक्षण विभागका निर्देशक विष्णुबहादुर सिंह, आयोजक महासंघका महासचिव नवराज ढुंगानालगायतले प्रमाणपत्र वितरण गरे ।
त्रिपुरेश्वरस्थित राखेपको सेमीकभर्डहलमा भएको साताव्यापी निर्णायक कोर्षमा ५२ र डिप्लोमा कोर्षमा ४२ जना सहभागी थिए ।
उनीहरुलाई गणेश अर्याल, उसुका मुख्य प्रशिक्षक फत्तबहादुर लामा, विशाल सिन्जाली, रोशन बुढाथोकी, युगबहादुर तामाङ, सैलेन्द्र श्रेष्ठ, तुलसीनन्द वज्राचार्य, प्रकाश महर्जन र गोपाल श्रेष्ठले प्रशिक्षण दिएका थिए ।
यसैगरी, चीनका प्रथम श्रेणीका राष्ट्रिय निर्णायक लिन जियान्छ्वानले पनि सहभागीलाई प्रशिक्षण दिएको आयोजक महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् । लिन स्वदेश फर्किसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता