कमल थापाले आयोजना गरेको विरोध सभामा राजेन्द्र लिङ्देन सहभागी
सोमबार, १५ वैशाख २०८२, १५ : २४

काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपालले आयोजना गरेको विरोधसभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी भएका छन् ।
राप्रपा नेपालले सोमबार राजधानीको शान्तिबाटिकामा विरोध सभाको आयोजना गरेको हो । सोही कार्यक्रममा सहभागी हुन लेखा समितिको बैठक सकेर लिङ्देन शान्तिबाटिका पुगेका हुन् ।
गत चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शन हिसांत्मक बनेसँगै पक्राउ परेका राजावादी नेताहरूको रिहाइका साथै गणतन्त्रको विरोधमा राप्रपा नेपालले कार्यक्रमका आयोजना गरेको हो।
महाधिवेशनबाट राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि कमल थापाले राप्रपा नेपाल बनाएका थिए । महाधिवेशनपछि राप्रपा र राप्रपा नेपालका दुई अध्यक्षबिच सम्बन्ध राम्रो नभएको बताइएको बेला लिङ्देन थापाले आयोजना गरेको कार्यक्रममा सहभागी भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँक बढ्दो शहरीकरण कसरी व्यवस्थापन गर्ने ? - राज महर्जन, शहरी योजनाकार
-
जनताले भ्रष्टाचार रोक, भ्रष्टाचार हुन नदेऊ भनेका छन् : डा.शेखर कोइराला
-
तीनकुने घटनामा संलग्न थप १२ जना हिरासतमुक्त
-
बनेन शिक्षक फर्किने वातावरण, शिक्षा मन्त्रालयले सर्वोच्चलाई पठायो जवाफ
-
गगनविरूद्ध प्रधानमन्त्रीको अभिव्यक्ति र अवहेलना मुद्दा संयोग कि रणनीति ?
-
इरानको बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो