मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

पर्सामा इँटा भट्टाले खनेको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु

सोमबार, १५ वैशाख २०८२, १४ : ५२
सोमबार, १५ वैशाख २०८२

वीरगञ्ज । पर्सामा इँटाभट्टाले बनाएको खाडलमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । पर्साको पर्सागढी नगरपालिका –५ बहुअर्वास्थित हीरा इँटा भट्टाको खाडलमा जमेको पानीमा बालिकाहरू डुबेका पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिए । 

मृत्यु हुनेमा सोही स्थानका रुस्तम मियाँकी ५ वर्षीया छोरी नेहा खातुन र मुख्तार मियाँकी ५ वर्षीया छोरी अफसाना खातनु रहेका प्रवक्ता लम्सालले बताए ।  

प्रहरीका अनुसार दुवै बालिका बिहान बाख्रा चराउन गएका थिए । डुबेर घाइते भएका उनीहरुलाई उपचारका लागि नारायणी अस्पताल लगिएको तर उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप