उपचार गर्न रिहा भएका धवलशमशेर राजावादी आन्दोलनमा सहभागी, तस्बिरहरू

काठमाडौँ । राप्रपा नेपालको आयोजनामा राजधानीमा भएको प्रदर्शन तथा विरोध सभामा राप्रपाका महामन्त्री धवलशमशेर राणा सहभागी भएका छन् ।
तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी समूहका प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका राणा केही दिनअघि उपचार गर्नका लागि भनेर रिहा भएका थिए ।
तर, उनी पुनः राजावादीको कार्यक्रममा सहभागी भएका हुन् । उनी केही दिनअघि क्यान्सरको फलोअपका लागि भनेर भारत गएका थिए भने चिकित्सकहरूले कुनै समस्या नरहेको रिपोर्ट दिइसकेका छन् ।
राप्रपा नेपालले आस्थाका बन्दीहरू तत्काल गर्न माग गर्दै प्रदर्शनपछि शान्तिबाटिकामा विरोधसभाको आयोजना गरेको छ । सभामा राजावादी समूहका विभिन्न नेताहरूको सहभागिता रहेको छ ।
सोही सभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन समेत सहभागी हुने प्रवक्ता मोहन श्रेष्ठले बताए । लेखा समितिको बैठक चलिरहेको र सो बैठकपछि उनी शान्तिबाटिकामा पुग्ने कार्यक्रम रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता