मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबिच भेटवार्ता

सोमबार, १५ वैशाख २०८२, १४ : २७
सोमबार, १५ वैशाख २०८२

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराई र भारतका रक्षामन्त्री राजनाथ सिंहबिच भेटवार्ता भएको छ। भारत भ्रमणमा रहेका अध्यक्ष भट्टराई र रक्षामन्त्री सिंहबिच सोमबार नयाँ दिल्लीमा भेटवार्ता भएको हो । 

भेटमा नेताद्वयबिच नेपाल–भारत सम्बन्ध सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजाने विषयमा सकारात्मक संवाद भएको अध्यक्ष भट्टराईको निजी सचिवालयले जनाएको छ । 

भेटमा डा. भट्टराईले हालै पेहलगाम, कश्मीरमा सर्वसाधारणमाथि भएको आतङ्कवादी हमलाको घोर निन्दा गर्दै गहिरो दुःख व्यक्त गरेका छन् ।  भट्टराई प्रगतिशील नेपाली समाज समिति भारतको अधिवेशन उद्घाटनको निम्ति भारत भ्रमणमा रहेका छन् ।

Capture1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप