शिक्षकका जायज मागहरू पूरा गर्न त्रिवि स्ववियुको माग

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस स्ववियुले शिक्षक तथा कर्मचारीका वैध र न्यायपूर्ण मागहरू सम्बोधन गर्न माग गरेको छ । स्ववियु अध्यक्ष दीपकराज जोशीले एक विज्ञप्ति जारी गर्दै उनीहरूका माग सम्बोधन गर्दै सम्मान गर्न माग गरेका हुन् ।
त्यस्तै शिक्षकहरूलाई विश्वस्त बनाई शिक्षा ऐन तुरुन्त जारी गर्ने सहमति गरी आन्दोलन शान्तिपूर्ण रूपमा समाधान गर्न समेत माग गरेको छ । आन्दोलनमा घाइते भएका शिक्षकहरूको शीघ्र उपचार र सम्मानजनक व्यवहार सुनिश्चित गर्नुका साथै विद्यार्थीको पठनपाठन अविलम्ब र व्यवस्थित रूपमा सुचारु गर्न समेत माग गरेको छ ।
शान्तिपूर्ण आन्दोलनमा उत्रिएका शिक्षकहरूमाथि गरिएको बल प्रयोग, धरपकड र धम्कीपूर्ण व्यवहारप्रति आपत्ति जनाएको छ ।
शिक्षक आन्दोलनका कारण पठनपाठन अवरुद्ध हुन पुगेको गम्भीर अवस्थामा सरकारले आवश्यक संवेदनशीलता नदेखाएकोप्रति आपत्ति जनाए । विगतका सहमति र प्रतिबद्धताको सम्मान गर्दै आन्दोलनरत शिक्षकहरूसँग तुरुन्त निष्कर्षमुखी संवाद गरी पठनपाठन पुनः सुचारु गर्ने वातावरण बनाउन माग गरे ।
नेपाल शिक्षक महासङ्घले प्रस्तुत गरेका नौबुँदे मागप्रति स्ववियुले समर्थन जनाएको छ । शिक्षक तथा विद्यार्थीप्रति कुनै पनि किसिमको दमन र उपेक्षा स्वीकार्य नहुने स्ववियुको चेतावनी छ ।
सरकारले निष्पक्ष र सम्मानजनक संवादमार्फत समस्या समाधान नगरी दमनको बाटो रोजेमा विद्यार्थीहरू लोकतन्त्र र विद्यार्थी हितका पक्षमा सशक्त आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनै तहको समन्वयमा विकासलाई तीव्रता दिऔँ : मन्त्री दाहाल
-
अमेरिकाको ७ सहरमा कन्सर्ट गर्दै नेपथ्य
-
६३ जना एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
कस्मेटिक,फुड्स सप्लिमेन्ट आयात तथा उत्पादकलाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन
-
दुर्गा प्रसाईं र महेश बस्नेतले एक अर्का विरुद्ध हालेको गाली बेइज्जती मुद्दा हेर्दाहेर्दैमा
-
आन्दोलनरत शिक्षकहरूको नारा – पुरानो ऐन चाहिँदैन, शिक्षक पिट्न पाइँदैन