सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय

‘ग्रीनल्यान्ड कुनै सम्पत्तिको टुक्रो होइन’

सोमबार, १५ वैशाख २०८२, १४ : ११
सोमबार, १५ वैशाख २०८२

काठमाडौँ । टापु राष्ट्र किन्न मिल्ने कुनै सम्पत्तिको टुक्रा नभएको ग्रीनल्यान्डका नयाँ प्रधानमन्त्रीले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार आफ्नो देशले ग्रिनल्यान्ड कब्जा गर्ने बताउँदै आएका छन् । 

यसैको प्रतिक्रियामा कोपेनहेगन भ्रमणका क्रममा प्रधानमन्त्री जेन्स–फ्रेडेरिकले नियल्सनले यस्तो अभिव्यक्ति दिएका हुन् । अमेरिकाको अपमानपूर्ण अभिव्यक्तिमा ग्रिनल्यानड र डेनमार्क दुवै एक साथ जुटेर उभिइरहेको उनले बताए ।  

 आफूहरू कहिले पनि अरू कसैले किन्ने सम्पत्तिको टुक्रो नभएको र यो सन्देश बुझ्न निकै जरुरी रहेको नियल्सनले बताए ।  नियल्सन यही अप्रिलमा ग्रिनल्यान्डको प्रधानमन्त्री बनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप