अम्बानीको कम्पनीका लगानीकर्ताहरूलाई ३० मिनेटमै ६ खर्ब ९० अर्ब भारु फाइदा

नयाँ दिल्ली । सोमबार हप्ताको पहिलो दिनको कारोबारमा भारतीय शेयर बजारमा तीव्र वृद्धि भएको छ । बजार खुल्ने बित्तिकै बीएसई सेन्सेक्स ६५० अंकले बढ्यो भने अर्को प्रमुख शेयर परिसूचक एनएसई निफ्टी पनि बढेर २४ हजार २०० अंकसम्म उक्लियो ।
यसैबिच भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको कम्पनी रिलायन्सको शेयरमा व्यापक वृद्धि देखियो । बिहान बजारमा कारोबार सुरु हुँदा नै रिलायन्सको शेयर ग्रिन जोनमा थियो । आधा घण्टामै यो करिब ४ प्रतिशतले बढ्यो । शेयर मूल्य बढेसँगै कम्पनीको बजार पुँजीकरणमा पनि उछाल आयो ।
योसँगै रिलायन्सको बजार पुँजीकरण १८ खर्ब २८ अर्ब भारुमा उक्लियो । शुक्रबार बजार बन्द हुँदा कम्पनीको बजार पुँजीकरण १७ खर्ब ५९ अर्ब भारु थियो । अर्थात् बजारमा कारोबार सुरु भएको ३० मिनेटमै रिलायन्सका लगानीकर्ताहरूलाई ६ खर्ब ९० अर्ब भारु फाइदा भयो ।
गएको आर्थिक वर्षको अन्तिम त्रैमासमा कम्पनीको आर्थिक प्रदर्शन अपेक्षा गरेभन्दा निकै राम्रोे रह्यो । यसैको असर कम्पनीको शेयर मूल्यमा देखिएको हो । मार्च त्रैमासमा कम्पनीको कन्सोलिडेटेड नेट प्रफिट २ दशमलव ४ प्रतिशतले बढेर १ खर्ब ९४ अर्ब ७ करोड भारुमा उक्लिएको तथ्यांकले देखाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनै तहको समन्वयमा विकासलाई तीव्रता दिऔँ : मन्त्री दाहाल
-
अमेरिकाको ७ सहरमा कन्सर्ट गर्दै नेपथ्य
-
६३ जना एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
कस्मेटिक,फुड्स सप्लिमेन्ट आयात तथा उत्पादकलाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन
-
दुर्गा प्रसाईं र महेश बस्नेतले एक अर्का विरुद्ध हालेको गाली बेइज्जती मुद्दा हेर्दाहेर्दैमा
-
आन्दोलनरत शिक्षकहरूको नारा – पुरानो ऐन चाहिँदैन, शिक्षक पिट्न पाइँदैन