प्रधानमन्त्रीबाटै शिक्षकप्रति दमनको भाषा बोल्ने काम भयोः वर्षमान

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद् वर्षमान पुन अनन्तले जारी शिक्षक आन्दोलन समाधान गर्नुको साटो सरकार दमनमा उत्रिएको भन्दै आपत्ति जनाएका छन् ।
सोमबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै पुनले शिक्षकका माग सुन्नुको साटो सरकारले दमनको भाषा बोलेको बताए ।
आन्दोलनरत शिक्षक र प्रहरीबीच आइतबार बानेश्वर क्षेत्रमा झडप भएको थियो । प्रहरीले पानीको फोहोरा र लाठी चार्ज गर्दा एक सञ्चारकर्मीसहित ६० बढी शिक्षक घाइते भएका थिए ।
पुनले विगतमा सरकारसँग तीन चरणमा भएका सहमति पालना गर्न सरकारको ध्यानाकर्षण गराए । ‘करिब एक महिनादेखि पेशागत माग राखेर शिक्षकहरु सडक आन्दोलनमा छन् । विगतमा तीन चरणमा भएका सहमति पालना गर्नुको सट्टा सरकारले दमनको भाषा बोलेको छ’, पुनले भने, ‘यसको म निन्दा र भत्र्सना गर्दछु ।’ लोकतन्त्रमा जनताका आवाज र असन्तुष्टिको समाधान वार्ता र संवादबाट खोजिनुपर्नेमा प्रधानमन्त्री केपी ओलीले नै बल प्रयोग र हठ प्रदर्शन गरेको टिप्पणी उनको थियो । ‘लोकतन्त्रमा जनताका असन्तुष्टि र मागको सम्बोधन संवादबाट हुनुपर्ने हो’,उनले भने, ‘सम्माननीय प्रधानमन्त्री नै शिक्षकहरुप्रति बल प्रयोग र हठको भाषा बोलिरहनुभएको छ ।’
पुनले तत्काल वार्ता गरी शिक्षकहरुका जायज माग सम्बोधन गर्न आफ्नो दलका तर्फबाट माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६३ जना एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
कस्मेटिक,फुड्स सप्लिमेन्ट आयात तथा उत्पादकलाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन
-
दुर्गा प्रसाईं र महेश बस्नेतले एक अर्का विरुद्ध हालेको गाली बेइज्जती मुद्दा हेर्दाहेर्दैमा
-
आन्दोलनरत शिक्षकहरूको नारा – पुरानो ऐन चाहिँदैन, शिक्षक पिट्न पाइँदैन
-
तीनकुने घटनामा पक्राउ परेका ४० जनालाई थप १० दिन हिरासतमा राख्न अनुमति
-
कारखानामा यसरी बन्दै थियो पनिर, देखेर अधिकारीहरू पनि छक्क परे