विपिन गुरुङ नेतृत्वको एनआरएनएद्वारा कोरियामा बुद्धको प्रचार, तस्बिरहरू

दक्षिण कोरिया । नेपाल बौद्ध परिवार दक्षिण कोरियाको आयोजनामा तथा विभिन्न संघ-संस्था र व्यक्तिहरूको सक्रिय सहभागितामा भगवान गौतम बुद्धको २६६९ औं जन्मजयन्तीको अवसरमा एक कार्यक्रम सम्पन्न गरिएको छ ।
दक्षिण कोरियाको राजधानी सउलमा शनिवार भगवान गौतम बुद्धको २६६९ औं जन्मजयन्तीको अवसरमा आयोजित 'लोटस लान्टर्न फेस्टिभल' सम्पन्न गरिएको हो ।
उक्त कार्यक्रममा विपिन गुरुङ नेतृत्वको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाले महत्त्वपूर्ण सहभागिता जनाउँदै "बुद्ध नेपालमा जन्मिएका हुन्" भन्ने सन्देशलाई थप सशक्त बनाएको छ। कार्यक्रमका क्रममा सो सन्देश लेखिएका पर्चा र ब्यानरहरू वितरण गरिएको थियो।
एनआरएनए दक्षिण कोरियाले विगतदेखि नै "बुद्ध वाज बर्न इन नेपाल" अभियान अन्तर्गत विभिन्न रचनात्मक तथा सृजनात्मक कार्यक्रमहरू गर्दै आएको जनाएको छ। अध्यक्ष विपिन कुमार गुरुङले आगामी दिनहरूमा पनि अभियानलाई अझ व्यापक बनाउँदै लगिने बताए ।
यसैगरी महासचिव महासचिव अजय सोडारीले भगवान बुद्धसम्बन्धी फैलाइएका भ्रमहरूको खण्डन र सत्य तथ्यको प्रचारप्रसारमा निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता
-
एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो : शर्मा
-
शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छे
-
१० बजे १० समाचार : शिक्षक आन्दोलनबारे सर्वोच्चलाई सरकारको जवाफ, पोखरा विमानस्थलसम्बन्धी प्रतिवेदन हस्तान्तरण
-
पाथीभरा केबलकारद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान