मनाइयो चिसा दिवस, चैतसम्ममा तीन अर्ब ५७ करोड बराबरको निर्यात

काठमाडौँ । नेपालमा आज विभिन्न कार्यक्रमसहित २९ औँ राष्ट्रिय चिया दिवस मनाइएको छ । ‘स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।
नेपालमा इलाम, झापा, पाँचथर, धनकुटा, भोजपुर लगायतका जिल्लामा करिब २० हजार हेक्टर जमिनमा चिया खेती हुँदै आएको छ । नेपालमा उत्पादित चिया वार्षिक ३ अर्ब बराबरको निर्यात हुने गरेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म (९ महिना) को तथ्यांक हेर्ने हो भने ३ अर्ब ५७ करोड ३० लाख ७ हजार रुपैयाँको १ करोड ३० लाख २३ हजार ३१२ किलो चिया निर्यात भएको छ ।
यसमध्ये ३ अर्ब ३३ करोड ७० लाख १० हजार रुपैयाँको १ करोड २८ लाख ८९ हजार ८७८ किलो कालो चिया निर्यात भएको भन्सार विभागले जनाएको छ । यस्तै २३ करोड ५९ लाख ९६ हजार रुपैयाँको १ लाख ३३ हजार ४३४ किलो ग्रिन टी निर्यात भएको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ५ करोड ६२ लाख ७९ हजार रुपैयाँको ७१ हजार ७१४ किलो चिया आयात भएको छ । यसमध्ये ५ करोड २८ लाख २७ हजार रुपैयाँको ६८ हजार ४५१ किलो कालो चिया आयात भएको छभने ३४ लाख ५२ हजार रुपैयाँको ३ हजार २६३ किलो ग्रिन टी आयात भएको छ । सो परिमाणमा चिया आयात हुँदा ३२ हजार ६०६ हजार रुपैयाँ बराबर राजस्व संकलन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘होस्टेल ३’ काे ५१ औँ दिन पूरा : कलाकार तथा युनिटलाई प्रशंसा पत्र प्रदान
-
तीनै तहको समन्वयमा विकासलाई तीव्रता दिऔँ : मन्त्री दाहाल
-
अमेरिकाको ७ सहरमा कन्सर्ट गर्दै नेपथ्य
-
६३ जना एसपीको सरूवा, को कहाँ ? (सूचीसहित)
-
कस्मेटिक,फुड्स सप्लिमेन्ट आयात तथा उत्पादकलाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन
-
दुर्गा प्रसाईं र महेश बस्नेतले एक अर्का विरुद्ध हालेको गाली बेइज्जती मुद्दा हेर्दाहेर्दैमा