शिक्षकहरू नाराबाजीमा उत्रिएपछि पूर्व प्रधानमन्त्रीहरू फर्किए

काठमाडौँ । शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका दुई जना पूर्व प्रधानमन्त्रीहरू फर्किएका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र सम्मानित नेता तथा पूर्व प्रधानमनन्त्री झलनाथ खनाल आफ्नो मनत्व्य नराखी फर्किएका हुन् ।
शिक्षकहरूले उनीहरूविरुद्ध नाराबाजी गरेपछि दुवै जना अपमानजनक शैलीमा फर्किन बाध्य भएका हुन् । आन्दोलनमा समर्थन गर्दै भाषण गर्ने योजनासहित उनीहरू त्यहाँ पुगेका थिए । तर, आन्दोलनरत शिक्षकहरूले राजनीति गर्न पाइँदैन भन्दै नाराबाजी गर्न थालेपछि उनीहरू भाषण नगरी फर्किएका हुन् ।
‘कोही नेता यहाँ आउनुपर्दैन, सक्ने भए संसदमा बोल’ भन्दै शिक्षकहरूले नाराबाजी गरेका थिए । त्यसपछि प्रहरीले स्कर्टिङ गरेर गाडीसम्म पु¥याएको थियो । यतिसम्म कि नेपाल र खनाल आएका बेला ‘पञ्चायती ऐन खारेज गर, शिक्षा ऐन जारी गर जस्ता नाराबाजी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टुटफुटको अवस्थामा रहेका राजावादीहरु आवश्यक पर्दा एकजुट हुन्छन् : नवराज सुवेदी
-
बलात्कारको आरोप लगाएकी प्रेमिकासँग युवकले गरे जेलमै विवाह
-
भोलिदेखि विद्यालय सञ्चालन गर्न ललितपुर महानगरको आग्रह
-
राष्ट्रिय उसु निर्णायक र डिप्लोमा कोर्ष सम्पन्न
-
फ्रान्सको मस्जिदमा संघातिक हमलाका सन्दिग्ध इटलीमा पक्राउ
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट