क्यान्सरको उपचार गराइरहेका ४ वर्षीय बालकलाई समेत ट्रम्पले राखेनन् बाँकी

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यान्सरको उपचार भइरहेका ४ वर्षीय बालकलाई समेत डिपोर्ट गरेका छन् । बालकको मेटाटिष्टिक कयान्सरको उपचार भइरहेको थियो ।
अमेरिकाको नागरिकता भएका यी बालकसमेत अन्य तीन जनालाई पनि ट्रम्प प्रशासनले देश निकाला गरेको बालकका परिवारका वकिल र नागरिक अधिकार तथा अध्यागमनको वकालत गर्ने सङ्घसंस्थाले भनेका छन् ।
यी तीनै जना बालक आफ्नो आमाको साथमा डिपोर्ट भएका हुन् । अन्य दुई जनाको उमेर २ वर्ष र ७ वर्षको भएको बताइएको छ । लुइजियानामा इन्टेन्सिभ सुपरभिजन अपियरेन्स प्रोग्राम अन्तर्गत अधिकारीहरूसँग नियमित भेटघाटको क्रममा सबैलाई समातिएको वकिल र अदालतको रेकर्डले भनेको छ ।
ट्रम्प प्रशासनले आप्रवासीहरूमाथि कारबाही तीव्र पारिरहँदा बाँकी रहेको प्रक्रिया सुस्त भएकोले यी सबै डिपोर्टेशनमा परेको तर्क वकिलहरूको छ । तीनै जना बालक अमेरिकी नागरिक भए पनि यिनीहरूको आमासँग कानुनी रुपमा वैध कागजात थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यले शिक्षकहरूमाथि गरेको बर्बरता काँग्रेसले सहन सक्दैन : डा.शेखर कोइराला
-
त्रिभुवन विश्वविद्यालयले ‘अङ्ग्रेजी भाषा शिक्षण र प्रायोगिक भाषा विज्ञान’ सम्मेलन गर्दै
-
‘होस्टेल ३’ काे ५१ औँ दिन पूरा : कलाकार तथा युनिटलाई प्रशंसा पत्र प्रदान
-
तीनै तहको समन्वयमा विकासलाई तीव्रता दिऔँ : मन्त्री दाहाल
-
अमेरिकाको ७ सहरमा कन्सर्ट गर्दै नेपथ्य
-
६३ जना एसपीको सरूवा, को कहाँ ? (सूचीसहित)