मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

लिङ्देनले घटना विषयान्तर गर्न रक्सी चोरेको प्रसङ्ग उठाए : सांसद गौतम

सोमबार, १५ वैशाख २०८२, १२ : ४६
सोमबार, १५ वैशाख २०८२

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चैत्र १५ गते आपराधिक मनसायले  ग्रसित  हुलले व्यक्तिगत सम्पत्ति, पार्टी कार्यालय, डिपार्टमेन्ट स्टोरमा गरेको आगजनी तोडफोड र लुटपाटको घटना ढाकछोप गर्ने प्रयास गरेको बताएकी छन् ।

प्रतिनिधिसभा बैठकको  शून्य समयमा बोल्दै सांसद गौतमले सदनमा उभिएर कांग्रेस सहमहामन्त्रीका छोरा रक्सी  चोरी घटनामा संलग्न रहेको  कपोल्कल्पित भ्रामक तथ्यहीन अभिव्यक्ति दिएर घटनाको विषयान्तर गर्न खोजेको बताइन् । 

यसलाई उनले लिङ्देनको धमिलो पानीमा माछा मार्ने प्रवृत्तिको निरन्तरताको रूपमा बुझेको पनि बताइन् ।  उनले बिना प्रमाण  कसैलाई आरोपित  गर्न मिल्छ ? भन्दै प्रश्न समेत गरिन् । र आरोप प्रमाणित गर्नु चुनौती दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप