घाइते अवस्थामा समेत शिक्षकहरू सडक आन्दोलनमा

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेमा मागसहित देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू विगत २७ दिनदेखि सडक आन्दोलनमा छन् । नेपाल शिक्षक महासङ्घको आह्वानमा १० औँ हजार शिक्षक तथा विद्यालय कर्मचारीहरू काठमाडौँमा सडक आन्दोलन गर्दै आएका हुन् ।
आन्दोलनको क्रममा २६ औँ दिनमा हिजो प्रहरीसँग झडप भएको थियो । झडपका क्रममा ६२ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका थिए । तीमध्ये एक दर्जन बढी शिक्षक तथा विद्यालय कर्मचारीलाई गम्भीर चोट लागेको छ । प्रहरीसँगको झडपपछि घाइते भएका शिक्षकहरू उपचारपछि आज सडक आन्दोलनमा उत्रिएका छन् । सामान्य घाइते भएका शिक्षकहरू मलमपट्टी लगाएर भए पनि सडक आन्दोलनमा उत्रिएका हुन् ।
प्रहरीसँगको झडपपछि महासङ्घले आन्दोलन थप चर्काउने निर्णय गरेको थियो । घरमा रहेका शिक्षकहरूलाई समेत तत्काल काठमाडौँ आउन अनुरोध गरेको थियो । सोही आधारमा विभिन्न क्षेत्रबाट शिक्षकहरू काठमाडौँको आन्दोलनमा थपिएका छन् ।
महासङ्घले शिक्षक–कर्मचारीमाथि प्रहरीले गरेको आक्रमण र ज्यादतीको भर्त्सना गरेको छ । प्रहरी दमनपछि काठमाडौँ आउन बाँकी रहेका शिक्षकहरूलाई आन्दोलनको मोर्चामा आफ्ना साथीहरूको रगत बगिसक्दा पनि अझै घरमै बसिरहेको भन्दै महासङ्घले काठमाडौँ आउन भनेको हो ।
अन्तिम लडाइँमा रहेको बताउँदै यसका लागि सबैको सक्रिय सहभागिता अनिवार्य रहेको महासङ्घले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता
-
एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो : शर्मा
-
शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छे
-
१० बजे १० समाचार : शिक्षक आन्दोलनबारे सर्वोच्चलाई सरकारको जवाफ, पोखरा विमानस्थलसम्बन्धी प्रतिवेदन हस्तान्तरण