सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय

समाज असहिष्णुतातिर अघि बढ्दैछ : दीपकराज गिरी

सोमबार, १५ वैशाख २०८२, १२ : १५
सोमबार, १५ वैशाख २०८२

काठमाडौँ । कलाकार दीपकराज गिरीले नेपालीहरूमा बहिष्कार परम्परा भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै समाज बिस्तारै बिस्तारै असहिष्णुता तिर बढ्दै गएको चिन्ता व्यक्त गरेका छन् । 

‘आज म लेख्दैछु, दसैँमा हाम्रो फिल्म चल्दा सामाजिक सञ्जालमा यसको फिल्म नहेरौँ भन्दै बहिष्कारको नारा गुन्जिएको सम्झन्छु ! बहिष्कारको बहाना फरक फरक भएपनि त्यो नारा बिस्तारै प्रकाश सपूत हुँदै सुरक्षा पन्त सम्म आइपुग्यो’, उनी भन्छन् ‘कसैले कसैको तारिफ गरे बहिष्कार, कसैले तारिफ गरेन...बहिष्कार ! बहिष्कारै बहिष्कार !!’ 

‘हामी कलाकार त बहाना मात्रै हौ ! वास्तवमा अहिले राजावादीले गणतन्त्रवादी बहिष्कार ! गणतन्त्रवादीले राजावादी बहिष्कार, यो विचार राख्ने ले त्यो बिचार राख्नेलाई बहिष्कार !’ एकले अर्काको अस्तित्व नै बहिष्कार गरिरहेको उनको भनाइ छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप