रोकिराखेको ट्रकमा ठोक्कियो यात्रुवाहक बस

बारा । यात्रुवाहक बस रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको छ ।
जीतपुसिमरा उपमहानगरपालिका–२२ स्थित ३ नम्बर पुल नजिकै सोमबार भएको दुर्घटनामा काँकरभिट्टाबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १६५५ नम्बरको बसमा सवार १९ जना यात्रु घाइते भएका हुन् ।
इलाका प्रहरी कार्यालय सिमराका अनुसार घाइतेहरूको अवस्था सामान्य छ । घाइतेमध्ये सहकारी अस्पताल हेटौँडामा ९ जना र वयोधा अस्पताल वीरगन्जमा १० जनाको उपचार प्रहरीको भनाइ छ ।
बिग्रिएर सडक छेउमा रोकिराखेको प्रदेश २–०३–००१ ख ५१८७ नम्बरको कोइला लोड भएको लहरी ट्रकलाई यात्रु वाहक बसले पछाडिबाट ठक्कर दिएको थियो । ठक्करपछि अनियन्त्रित भई बस सडक भन्दा ५ मिटर तल खसेको जनाइएको छ ।
दुर्घटनाग्रस्त बस र बस चालक चितवन राप्ती नगरपालिका ३ का तिलक बहादुर थापा मगर इलाका प्रहरी कार्यालय अम्लेखगञ्जको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाख १९ गते संघीय संसद्का दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने
-
बुधबारसम्म शिक्षकहरुका माग सम्बोधन हुन्छन् : सञ्चारमन्त्री
-
भारतीय पूर्वराजदूतहरूसँगको भेटघाटमा बाबुराम भट्टराईले के भने ?
-
आईपीएल : गिल र बट्लरको विस्फोटक ब्याटिङ, राजस्थानसामु २ सय १० रनको लक्ष्य
-
रेशम र सिके वैशाख १९ गते नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने
-
शाखा अधिकृत हित संरक्षण अभियानद्वारा राज्यव्यवस्था समिति सभापतिलाई तीन बुँदे ज्ञापन