भारतले १६ पाकिस्तानी युट्युब च्यानलमाथि प्रतिबन्ध लगायो
सोमबार, १५ वैशाख २०८२, ११ : ४१

नयाँ दिल्ली । भारत सरकारले सोमबार १६ वटा पाकिस्तानी युट्युब च्यानलहरूमाथि प्रतिबन्ध लगाएको छ । यसमा डन न्युज, समा टिभी र जियो न्युज पनि समावेश छन् ।
यी च्यानलहरूले भारत र सुरक्षा एजेन्सीहरू विरुद्ध झूटा र भ्रामक समाचार चलाइरहेका सरकारले बताएको छ । गृह मन्त्रालयको सिफारिसपछि सरकारले यो कारबाही गरेको हो ।
यसैबिच, जम्मू कश्मीर प्रहरीले १५ स्थानमा छापा मारेको छ । यी छापा पीओकेबाट सञ्चालित भइरहेका अनि पहलगाम आक्रमणसँग सम्बन्धित आतंककारीहरूको लुकेर बसेको ठाउँमा गरिएको दाबी गरिएको छ । आइतबार राति र सोमबार बिहान पाकिस्तानी सेनाले नियन्त्रण रेखामा गोलीबारी गरेका र भारतीय सेनाले पनि यसको जवाफ दिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु
-
धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा विक्री गरिँदै थिए पाटपूर्जा
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई
-
विराटनगरमा एक बालकको मृत्यु
-
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर
-
राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत