१३७ जना विद्यार्थीले तयार पारेका फेसन आकर्षक पहिरन प्रदर्शन गरिँदै

काठमाडौँ । आईआईएफटी स्कूल अफ फेशन एन्ड इटेरियर डिजाइन ले ११औँ संस्करणको ‘ड्रेस टू इम्प्रेस’ आयोजना गर्ने भएको छ । आगामी २० गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने कार्यक्रम फेसनको उत्सव पनि हो ।
कार्यक्रममा आईआईएफटी स्कूल अफ फेशन डिजाइनका १३७ जना विद्यार्थीले तयार पारेका फेसनका विभिन्न आकर्षक पहिरन ४ थिममा प्रदर्शन गरिनेछ ।
श्री रिद्धी–सिद्धि ज्वेलर्सको मुख्य प्रयोजन तथा प्यासन टिस्यु र बेरिना प्रोफेशनलसको सह–प्रयोजन रहेको कार्यक्रम आईआईएफटी नेपालका अध्यक्ष फुपूतेञ्जिङ शेर्पाका अनुसार ‘ड्रेस टू इम्प्रेस’ आईआईएफटी स्कूल अफ फेशन डिजाइनमा अध्यनरत विद्यार्थीहरूले आफ्ना लागि आफैंले ड्रेस बनाएर, आफैं लगाएर आफैं स्टेजमा ‘शो’ गर्ने कार्यक्रम हो ।
कार्यक्रमको प्रि–जजिङ राउण्ड गत शनिबार होटेल गुडविलमा सम्पन्न भएको थियो । प्रि–जजिङ राउण्ड कार्यक्रमको निर्णायकमा फेशन डिजाइनरहरू महेश महर्जन, रोपुमा मानन्धर र समिरा शाक्य छन् । आईआईएफटी स्कूल अफ फेशन एन्ड इन्टेरियर डिजाइन काठमाडौंको बागबजार प्लाजा, हेरिटेज प्लाजा र ललितपुरको कुमारीपाटीमा सञ्चालित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारी र उद्यम प्रवर्द्धनका लागि उत्कृष्ट उद्यमी छनोट
-
कोशी प्रदेशसँग हार्यो बलियो विभागीय टोली पुलिस क्लब
-
सगरमाथा संवादको तीन दिन : के-के छन् कार्यक्रम ?
-
पहलगाम हमलाबारेमा राहुलले प्रधानमन्त्री मोदीलाई लेखे पत्र, विशेष अधिवेशन बोलाउन माग
-
गगन थापाविरुद्धको अवहेलना मुद्दाको प्रारम्भिक सुनुवाइ सकियो
-
आईपीएलमा शतक बनाउने चार र अन्तिम समयमा अभागी बनेका यी पाँच ब्याट्सम्यान