मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

‘होस्टेल ३’ले पूरा गर्‍यो प्रदर्शनको ५१औँ दिन, बक्स अफिसमा कति कमायो ?

सोमबार, १५ वैशाख २०८२, ११ : २५
सोमबार, १५ वैशाख २०८२

काठमाडौँ । फिल्म ‘होस्टेल ३’ले प्रदर्शनको ५१ औँ दिन पूरा गर्न सफल रहेको छ । नयाँ कलाकारहरूको अभिनय रहेको फिल्मले रञ्जना सिनेप्लेक्स न्युरोडमा प्रदर्शनको ५१औँ दिन पार गरेको हो । 

गत फागुन २३ गते रिलिज भएको ‘होस्टेल ३’ गत बर्षको सफल फिल्ममा गरिन्छ । फिल्मका निर्देशन सशान कँडेलले गरेका हुन् । कंडेलको यो पहिलो फिल्म हो ।

फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका छ । माधव शर्माको पटकथा तथा संवाद लेखन रहेको फिल्मको निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् । 

फिल्मले बक्स अफिसमा ५ करोडमाथिको व्यापार गरेको बताइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप