मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

मन्त्रिपरिषद् बैठक बस्दै

सोमबार, १५ वैशाख २०८२, ११ : २४
सोमबार, १५ वैशाख २०८२

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज अपराह्न पाँच बजे बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा शिक्षक आन्दोलन, गभर्नर नियुक्ति लगायतका विषयमा छलफल हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

काठमाडौँमा २६ दिनदेखि जारी शिक्षक आन्दोलनका माग सम्बोधनबारे सरकारले कुनै निर्णय गरेको छ । गभर्नर नियुक्तिमा गठबन्धन दल कांग्रेस र एमालेबिच विवाद उत्पन्न भएको थियो । 

यद्यपि शनिबार बालुवाटारमा बसेको कांग्रेस र एमालेका शीर्ष नेताहरूबिच सहमति भएको बुझिएको छ । यस्तै नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकको नियुक्तिबारे निर्णय हुनसक्ने सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप