किन हुन्छ पाइल्स, उपचार के ?

मलद्वारमा हुने विभिन्न प्रकारका रोगमध्ये पाइल्स पनि एक हो, जसलाई चिकित्सकीय भाषामा ‘हेमोरोइड्स’ भनिन्छ । मुख्यतः यो भित्री (बाहिरबाट नदेखिने) र बाहिरी (बाहिरबाट देखिने) गरी दुई प्रकारका हुन्छन् । मलद्वारको भित्री भागमा हुनेलाई भित्री र मलद्वारको छाला वरिपरि देखिनेलाई बाह्य पाइल्स भनिन्छ ।
दिसा गर्दा धेरैबेर लगाउने, कन्ने तथा कब्जियतको समस्या भएका बिरामीलाई पाइल्स हुने सम्भावना बढी हुन्छ ।
- लक्षण
मलद्वारमा मासु पलाएको अनुभव हुने, कहिलेकाहीँ मासुको गाँठो बाहिर आउने, डल्लाडुल्ली महसुस हुने, दिसा गर्दा ताजा रगत आउने हुन्छ भने पाइल्सको शंका गरी जचाउनुपर्छ ।
पाइल्सलाई चार तहमा बाँड्न सकिन्छ :
पहिलो तह— मासुको गाँठो बाहिर नदेखिने हुन्छ, जो दिसा गर्दा दुख्छ ।
दोस्रो तह— दिसा गर्दा बल गर्ने क्रममा मासुको गाँठो बाहिर निस्कन्छ । हल्का रगत पनि आउन सक्छ । यस्ता बिरामीलाई औषधि दिएर हेर्न सकिन्छ र केही समयपछि फलो अपमा बोलाउन सकिन्छ ।
तेस्रो र चौथो तह— यस तहका बिरामीमा पाइल्स फुट्ने, बढी रगत आउने र असह्य पीडा हुने हुन्छ । धेरै रक्तश्राव हुने, हिँडडुल गर्न अप्ठेरो हुने र संक्रमण हुने जोखिम हुन्छ । धेरै रक्तश्राव भएको छ, शरीरमा हेमोग्लोबिनको कमी देखिएको छ भने त्यस्तो अवस्थामा शल्यक्रिया आवश्यक हुन्छ ।
बिरामीको समस्या र लक्षणका आधारमा कुन तहको पायल्स हो भनी छुट्ट्याइन्छ र औषधि दिने कि शल्यक्रिया गर्ने भन्ने तय गरिन्छ ।
मलद्वारमा मासु पलाएको अनुभव हुने, कहिलेकाहीँ मासुको गाँठो बाहिर आउने, डल्लाडुल्ली महसुस हुने, दिसा गर्दा ताजा रगत आउने हुन्छ भने पाइल्सको शंका गरी जचाउनुपर्छ ।
- दोहोरिने जोखिम
मलद्वारमा जन्मजात स–साना रक्तनली हुन्छन् । तर तिनमा दबाब पर्दै गयो भने सुन्निदै जान्छ र डल्लो बन्दै जान्छ । त्यो डल्लोलाई पनि दबाब पर्यो भने फुटेर रगत आउँछ । यस्तो अवस्थामा अपरेसन गरेपछि निको हुन्छ । तर जीवनशैली, खानपान उस्तै भयो भने केही वर्षपछि पुनः दोहोरिने जोखिम हुन्छ ।
पाइल्सलाई दुई किसिमले शल्यक्रिया गर्न सकिन्छ— परम्परागत तरिकाबाट चिरफार गरेर र अत्याधुनिक लेजर प्रविधि प्रयोग गरेर ।
काठमाडौँस्थित नर्भिक अस्पतालमा पनि लेजर प्रविधिबाट पाइल्सको शल्यक्रिया सुरु गरिसकिएको छ । लेजर प्रविधि अनुसार चिरफार नगरीकन शल्यक्रिया गरिन्छ । यसो गर्दा बिरामी अस्पताल बस्नुपर्दैन । शल्यक्रिया गरेकै दिन घर जान पनि सकिन्छ ।
परम्परागत तरिकाबाट चिरफार गरेर शल्यक्रिया गर्दा एक त बिरामीलाई पीडा हुन्छ र अस्पताल पनि धेरै दिन बस्नुपर्ने हुन्छ । अर्काेतिर मलद्वारमा अपरेसन गर्नुपर्ने भएकाले बिरामीलाई पनि असजिलो हुन्छ । अस्पताल बस्नुपर्दा खर्च पनि बढ्छ ।
लेजर प्रविधिबाट गर्दा अस्पताल बस्नुपर्दैन । ‘एडभान्स्ड प्रोक्टोलोजी सर्जरी’ विधिबाट पाइल्स, फिस्टुला, फिसर तथा ढाडको पुच्छरमा बारम्बार आउने घाउको समस्याको शल्यक्रिया गरिन्छ ।
- सावधानी
पाइल्स जीवनशैलीका कारण उत्पन्न हुने रोग हो । त्यसैले खानपान तथा जीवनशैली सन्तुलित गर्ने, पानी धेरै पिउने, सागपात तथा फाइबर भएको खानेकुरा बढी खाने, हरिया तरकारी तथा बोक्रा भएको खानेकुरा खाने गर्नुपर्छ । खानेकुरा सबै खान सकिन्छ तर सन्तुलित बनाउनुपर्छ । चिल्लो, मैदाजन्य खाना र मासु कम खानुपर्छ । यस्ता खाना कम खाँदा पनि फाइबरयुक्त खानेकुरा जोड्नुपर्छ ।
(डा. चौधरी नर्भिक इन्टरनेसनल अस्पतालका सिनियर कन्सल्ट्यान्ट, जीआई, ल्यापरोस्कोपिक तथा लेजर सर्जन हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशसँग हार्यो बलियो विभागीय टोली पुलिस क्लब
-
सगरमाथा संवादको तीन दिन : के-के छन् कार्यक्रम ?
-
पहलगाम हमलाबारेमा राहुलले प्रधानमन्त्री मोदीलाई लेखे पत्र, विशेष अधिवेशन बोलाउन माग
-
गगन थापाविरुद्धको अवहेलना मुद्दाको प्रारम्भिक सुनुवाइ सकियो
-
आईपीएलमा शतक बनाउने चार र अन्तिम समयमा अभागी बनेका यी पाँच ब्याट्सम्यान
-
क्यानडाको लिबरल पार्टीले जित्यो चुनाव