‘के घर के डेरा : घर नं २’ मा खगेन्द्र डेरावाल हुन् ?

काठमाडौँ । ‘पशुपतिप्रसाद’, ‘आमा’, ‘चिसो मान्छे’ सफल फिल्म निर्देशन गरेका दीपेन्द्र के खनाल निर्देशित नयाँ फिल्म ‘के घर के डेरा : घर नं २’ प्रदर्शनको तयारीमा छ । जेठ २ गतेदेखि प्रदर्शनमा आउने फिल्मले घर र डेराको कथा समेटेको छ । फिल्ममा घर र डेरामा समाजले जबरजस्त निर्धारण गरेको सोसल स्टाटस समेत फिल्मले समेटेको निर्माण युनिटले जनाएको छ ।
घर र डेराको कथामा बनेको फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासनासिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन् । फिल्ममा को डेरावाल ? र को हो घरबेटी ? भन्ने खुलाइएको छैन ।
फिल्मको सार्वजनिक पोस्टर हेर्ने हो भने सबैको उस्तै उस्तै लुक्स छ । तर, एउटा पोस्टरमा अभिनेता खगेन्द्र साइकल डोर्याइरहेका छन् । टिजरमा पनि उनी दुःखी पात्रको रूपमा देखिएका छन् । फिल्ममा खगेन्द्र डेरावाल हुन् भन्ने सामान्य अनुमान गर्न सकिन्छ । उनी डेरावाल हुन् भने घरबेटी आर्यन हुन् कि निश्चल यसबारे निर्देशकले केही जानकारी दिएका छैनन् ।
फिल्मले त्यसको प्रभाव जीवन्त रूपमा देखाउन खोजिएको बताउँछन् । ‘फिल्म एकदमै रमाइलो छ’, खनालले भने ‘फिल्मको सामाजिक सन्देश सबैले रुचाउनुहुन्छ ।’ खनाल फिल्म ‘के घर के डेरा’ को सिक्वेल नभएको पनि सुनाउँछन् ।
फिल्मको कथा साहित्यकार बुद्धिसागरले लेखेका हुन् । एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा कृष्णबहादुर थापाको छायाङ्कन छ ।
फिल्मका निर्माता नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन हुन् भने कार्यकारी निर्माताको रूपमा युवराज कार्की रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज साँझ जनमत पार्टीको बैठक बस्दै
-
‘मायाप्रीति’मा जोडी बन्दै आशीर्वाद र दिव्या
-
अन्तिम समयमा आएर किन रोकियो प्राधिकरणले ल्याउने भनेको श्वेतपत्र ?
-
कांग्रेस सांसदको प्रस्तावः संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ
-
सोमबारको संसद् बैठकमा अश्लील नबोलेको प्रेम आलेको दाबी
-
२८ दिनदेखि सडकमै छन् शिक्षक, तस्बिरहरू