आइतबार बन्यो आईपीएलको रेकर्ड तोडिने दिन

नयाँ दिल्ली । आइतबार राति आईपीएलमा थुप्रै खेलाडीहरूले धेरै राम्रो प्रदर्शन गर्दै धेरै रेकर्डहरू बनाए । पहिलो खेलमा मुम्बई इन्डियन्स र त्यसपछि रोयल च्यालेन्जर्स बेंगलुरुले ठुलो जित हासिल गरे।
मुम्बईले लगातार पाँचौँ खेल जित्दा, बेंगलुरुले विपक्षीको घरेलु मैदानमा लगातार छ जितको रेकर्ड बनाएर अंक तालिकाको शीर्ष स्थानमा पुग्यो ।
वानखेडेमा रायन रिकेल्टन, सूर्यकुमार यादव र जसप्रित बुमराहले तथा अरुण जेटली रंगशालामा विराट कोहली, भुवनेश्वर कुमार र जोस हेजलवुडले ठ्याक्कै उस्तै प्रदर्शन गरे जसको लागि उनीहरू प्रसिद्ध छन् ।
मुम्बईका लागि विल ज्याक्स र बैंगलुरुका लागि क्रुणाल पाण्ड्याले ब्याट र बल दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै ‘प्लेयर अफ द म्याच’ बने ।
एकातिर, यो अलराउन्डरहरूको प्रदर्शनको दिन थियो भने अर्कोतिर, नयाँ रेकर्डहरू बनाउने र तोडिने दिन पनि थियो ।
- टोलीका रेकर्डहरू
आईपीएलको यस सिजनमा खराब सुरुवात गरेको मुम्बई इन्डियन्सको यो लगातार पाँचौँ जित थियो । आईपीएलमा सातौँ पटक हो जब मुम्बई इन्डियन्सले लगातार पाँच वा सोभन्दा बढी खेल जितेको छ । यसअघि सन् २००८, २०१०, २०१३, २०१५, २०१७, २०२० र २०२५ मा टोलीले यो उपलब्धि हात पारेको थियो । सन् २००८ र २०१७ मा टोलीले लगातार छ खेल जितेको थियो ।
साथै, यो आईपीएलमा मुम्बई इन्डियन्सको १५० औँ जित पनि थियो । मुम्बई इन्डियन्स १५० जित हासिल गर्ने पहिलो आईपीएल टोली पनि बनेको छ ।
अर्कोतर्फ, बेंगलुरुले विपक्षीको खेल मैदानमा लगातार छ खेल जित्ने उपलब्धि हासिल गर्यो । रजत पाटीदार विपक्षीको मैदानमा खेलिएका पहिलो छ खेल जित्ने कीर्तिमान कायम गर्ने पहिलो कप्तान बने ।
- विराटले सूर्य कुमारबाट ओरेन्ज क्याप खोसे
दिनको पहिलो खेलमा, मुम्बई इन्डियन्सले वानखेडेमा रनको पहाड (२१५/७) खडा गर्यो । विदेशी क्रिकेटर रायन रिकेलटन र विल ज्याक्सको ब्याटबाट रनको वर्षा भयो ।
सूर्यकुमार यादवले अर्धशतक बनाए तर त्योभन्दा अगाडि २५ रन बनाउने बित्तिकै उनको नाममा नयाँ कीर्तिमान थपियो ।
उनी आईपीएलको इतिहासमा कुनै पनि सिजनको पहिलो १० खेलमा २५ रनभन्दा बढी स्कोर गर्ने पहिलो क्रिकेटर बने । यद्यपि रोबिन उथप्पाले पनि लगातार १० पटक २५ रनभन्दा बढी स्कोर गरेका छन्, तर त्यो सिजनको बीचमा आएको थियो ।
उनले चौथो नम्बरमा १० औँ पटक अर्धशतक बनाए । उनी चौथो नम्बरमा १० भन्दा बढी अर्धशतकीय इनिङ्स खेल्ने पाँचौँ ब्याट्सम्यान बने ।
यो क्लबमा पहिले नै रोहित शर्मा (१९), एबी डिभिलियर्स (१५), ऋषभ पन्त (११) र ग्लेन म्याक्सवेल (११) समावेश छन् ।
आफ्नो इनिङ्सको क्रममा, सूर्यकुमार आईपीएलमा ४ हजार रन बनाउने खेलाडीहरुको क्लबमा सामेल भए । उनी ४२७ रनका साथ ओरेन्ज क्याप क्यापको दौडमा शीर्ष स्थानमा पनि पुगे ।
तर, दिनको दोस्रो खेलमा विराट कोहलीले ४ सय ४३ रन बनाउँदै उनको क्याप खोसे ।
- बुमराहले तोडे मालिंगाको रेकर्ड, पर्पल क्यापमा हेजलवुडको दाबी
लखनउविरुद्धको खेलमा मार्क्रमलाई आउट गरेपछि जसप्रीत बुमराह मुम्बई इन्डियन्सका लागि सर्वाधिक विकेट लिने बलर बने ।
उनले १७० विकेटको लसिथ मालिंगाले छ वर्षअघि बनाएको कीर्तिमानलाई उछिने । सन् २००९ देखि २०१९ सम्म मुम्बई इन्डियन्सबाट खेल्दा मालिंगाले १२२ खेलमा १७० विकेट लिएका थिए ।
यद्यपि, बुमराहले यो रेकर्ड तोड्न १३९ खेल खेलेका छन् । मालिंगा मुम्बईको कोचिङ स्टाफमा समावेश छन् ।
अर्कोतर्फ, बेंगलुरुका भुवनेश्वर कुमार आईपीएलको इतिहासमा दोस्रो सर्वाधिक विकेट लिने बलर बने । उनले पियुष चावलाको १९२ विकेटको रेकर्ड तोडेका छन् । आईपीएलका सबैभन्दा सफल बलर युजवेन्द्र चहल हुन्, जसले अहिलेसम्म २१४ विकेट लिएका छन् ।
यसैगरी, बैंगलुरुका जोश हेजलवुडले पर्पल क्यापको दौडमा अग्रस्थानमा पुगेका छन् । उनले यस सिजनमा १८ विकेट लिएका छन् । उनले १६ विकेट लिएका प्रसिद्ध कृष्णलाई पछि पारे ।
- हरेक खेलसँगै अंक तालिका परिवर्तन हुँदैछ
अब आईपीएल त्यो चरणमा पुगेको छ जहाँ हरेक खेलसँगै अंक तालिकामा परिवर्तन देखिन थालेको छ । दिनको पहिलो खेल जित्दा मुम्बई दोस्रो स्थानमा पुग्यो ।
त्यसपछि बेंगलुरुले जितेर पहिलो स्थान हासिल गरेपछि भने गुजरात दोस्रो र मुम्बई तेस्रो स्थानमा खस्कियो ।
अब सोमबार गुजरात र राजस्थानबिच खेल हुँदैछ । आजको खेल जिते राजस्थान आठौँ स्थानमा र गुजरात फेरि पहिलो स्थानमा पुग्नेछ ।
यो आईपीएलको १८ औँ सिजन हो । संयोग भन्नुपर्छ, विराटले पनि १८ नम्बरको जर्सी लगाउँछन् । के यो सिजन उनको टोलीको लागि भाग्यशाली साबित हुनेछ ? बेंगलुरुकोको हरेक जितसँगै यो आशा बढ्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार सय वर्ष पुरानो सिवालय ओझेलमा
-
सातै प्रदेशका मुख्यमन्त्रीविरुद्धको रिटमा सर्वोच्चले मगायो ६ वर्षअघिको सरकारको निर्णय
-
सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने
-
डिजिटल वालेटमार्फत झण्डै १८ अर्ब अवैध रकम बैकिङ्ग च्यानलमा, २१ जनामाथि अनुसन्धान
-
रोजगारी सिर्जनादेखि विदेशी मुद्रा आर्जन गर्दै नेपाली चिया
-
खुम्बु क्षेत्रमा भारी हिमपात