शिक्षा क्षेत्रमा गम्भीर समस्या निम्तिने प्याब्सनको चेतावनी

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले हाल शिक्षा क्षेत्रमा उत्पन्न जटिलता र अन्योलप्रति गहिरो चिन्ता व्यक्त गर्दै तत्काल जिम्मेवारीपूर्वक पहल गर्न सरकार र सरोकारवाला पक्षहरूलाई आग्रह गरेको छ।
तीन हप्तादेखि जारी आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगन, नयाँ शैक्षिक सत्र प्रारम्भ नहुनु र माध्यमिक शिक्षा परीक्षाको उत्तरपुस्तिका परीक्षण रोकिएको अवस्थाले शिक्षा क्षेत्रमा गम्भीर समस्या निम्त्याउने चेतावनी दिएको प्याब्सनले शिक्षालाई अनिश्चितताबाट मुक्त गर्न वार्ता र संवादमार्फत समाधान खोज्नुपर्नेमा जोड दिएको छ।
प्याब्सन अध्यक्ष कृष्णप्रसाद अधिकारीले जारी गरेको विज्ञप्तिमा शिक्षा ऐनको तर्जुमा प्रक्रियालाई तीव्र बनाउँदै दीर्घकालीन समाधानको बाटो पहिचान गर्न सरकारसँग आग्रह गरिएको छ । साथै, शिक्षक महासङ्घलाई पनि सहजीकरणका उपाय अवलम्बन गर्दै निकास खोज्न अनुरोध गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुख काट्ने क्रममा च्यापिएर मृत्यु
-
थन्किएका विद्युतीय सवारी साधन प्रयोगमा ल्याइँदै
-
‘सिँचाइको अभाव हुँदा किसान चैते धानखेती गर्न आकर्षित भएनन् ’
-
निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग
-
नेपाल विद्युत् प्राधिकरणको श्वेतपत्र अनिश्चितकालका लागि स्थगित
-
जसपा नेपालको ओखलढुङ्गा जिल्ला अध्यक्षमा प्रकाश तामाङ निर्वाचित