मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युक्रेनले क्रिमियामाथिको आफ्नो दाबी त्याग्ला ?

सोमबार, १५ वैशाख २०८२, १० : १४
सोमबार, १५ वैशाख २०८२

किभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की शान्ति सम्झौताको एक भागको रूपमा रूसलाई क्रिमिया सुम्पन इच्छुक छन् भन्ने विश्वास गरेका छन् । 
युक्रेनी राष्ट्रपति आफ्नो दक्षिणी प्रायद्वीपको नियन्त्रण त्याग्न इच्छुक छन् भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा ट्रम्पले भने, 'मलाई त्यस्तै लाग्छ।' हाल क्रिमियामाथिको दाबी युक्रेनको छ ।

ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अन्त्य गर्न गोलीबारी रोक्न र सम्झौतामा हस्ताक्षर गर्नू पनि आह्वान गरे ।  यो दुई हप्ता भित्र हासिल गर्न सकिने  ट्रम्पको विश्वास छ ।

पोप फ्रान्सिसको अन्त्येष्टिमा भाग लिने क्रममा भ्याटिकन सिटी पुगेका ट्रम्पले अप्रिल २६ मा जेलेन्स्कीसँग छोटो भेटघाट गरेका थिए ।

ट्रम्पले बैठक राम्रो भएको र क्रिमियाको बारेमा केही छलफल भएको बताए। ट्रम्पको हालैको टिप्पणीमा युक्रेन र रुसबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप