गलत नियतका साथ रिपोर्ट आएको छ तर भ्रष्टाचार भएको छैन भन्न मिल्दैन

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनुपर्छ भनेर लामो समयदेखि पोखरावासीले माग गर्दै आएका थिए । सोही अनुसार विमानस्थल निर्माण भयो ।
यतिबेला पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको चर्चा व्याप्त छ । विमानस्थल निर्माणमा आर्थिकमात्रै होइन, प्राविधिक भ्रष्टाचार झन् ठुलो छ ।
पोखरा विमानस्थलमा न्यारो बडीको जहाज पनि फूल लोडमा आउन सक्दैन । लोड बार छ भनिएको छ । हाम्रो पोखरा विमानस्थललाई अपाङ्ग बनाइयो । विमानस्थल जसरी अध्ययन गरेर निर्माण गर्नुपर्ने थियो, त्यो हुन सकेन ।
यसमा आर्थिकभन्दा पनि प्राविधिक भ्रष्टाचार महत्त्वपूर्ण देखिन्छ । पोखरा विमानस्थलको रनवेको हाइट ५–६ मिटर घटाइयो, त्यसबाट न्यारोबडी जहाज बारमा पर्यो । ठुला एयरलाइन्स कम्पनी यसै कारणले यहाँ आउन तयार छैनन् । योभन्दा ठुलो अपराध के हुन सक्छ ? एयरपोर्ट त बनाए, तर अपाङ्ग बनाए । आर्थिकभन्दा पनि ठुलो घात गरियो पोखरेलीसँग ।
सन् १९८४ मा एस आर श्रेष्ठ एण्ड कम्पनीले एउटा अध्ययन गरेर न्यून लगानीमा कसरी विमानस्थल निर्माण गर्ने भनेर निष्कर्ष निकालेको छ । त्यसमा उचाइ भएको ठाउँको जमिन काटेर गहिरोमा पुर्ने हो तर अहिले विमानस्थल बनाउने बेलामा हाइट मेन्टेन गरेको भए जाइकाको खानेपानी ट्याङ्की भत्काउनु पर्ने थिएन । पोखरा विमानस्थलबाट ओभरसुट गरेर जहाज लैजान पर्यो भने पुम्दीभुम्दीको डाँडामा रोकिनुपर्ने थिएन । जसको कारणले आजको दिनमा विमानस्थल ह्याण्डिक्याप भयो । कटान गरेर भ्रष्टाचार भएको छ । पुर्छु भनेर पैसा लिइयो तर त्यहीँको माटोले पुरेपछि त भ्रष्टाचार भयो नि ।
हामीले त एयरपोर्ट खोजेको हो । त्यो एयरपोर्ट कसरी बन्छ भन्ने सरोकार भएन । त्यहीँबाट अनियमितताको सूत्रपात भएको हो कि भन्ने शङ्का लाग्छ ।
२ सय पटकसम्म २५ सयभन्दा बढी मानिसले रिले अनसन बस्यौँ । सङ्घर्ष समिति पनि गठन भएको थियो । एयरपोर्ट बन्ने बेलामा सङ्घर्ष समितिलाई सहयोग समितिमा कन्भर्ट गरौँ भनेर तत्कालीन नेतृत्वसँग कुरा राखेका थियौँ । तर सङ्घर्ष सकियो, बनाउने काममा हामी लाग्छौँ भनेपछि हामी पछि हट्यौँ ।
हामीले त एयरपोर्ट खोजेको हो । त्यो एयरपोर्ट कसरी बन्छ भन्ने सरोकार भएन । त्यहीँबाट अनियमितताको सूत्रपात भएको हो कि भन्ने शङ्का लाग्छ । प्राविधिक रूपमा फिट छैन भनेर बारम्बार प्रश्न उठाएको हो । अहिलेको छानबिन समितिले पनि यस्तो बेलामा रिपोर्ट निकालेको छ, यो भनेको आन्दोलनलाई बल पुग्ने गरी आयो । के साँच्चै १० अर्ब भ्रष्टाचार भएको छ त ?
२०७० साल भदौ २९ गते डा. रामकृष्ण तिमिल्सिना, डा. पुरुषोत्तम डंगोल र विनोधानन्द चौधरीको संयोजकत्वमा एउटा समिति गठन भएको छ । एयरपोर्टको टेण्डर खुलिसकेपछि नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीले १४ अर्ब लागतको स्टिमेट गरेको र त्यसलाई २४ अर्बमा लैजान मिल्दैन भनेर बाधा सुरु भयो । विमानस्थल बनाउन हुँदैन भनेर लबिङ पनि उच्च तहबाटै भएको हो । हामीले दबाब दिन छोडेनौँ । जुन प्रकारले हाइट घटाइयो, त्यसबाट भ्रष्टाचार भएको छ । निर्माण कम्पनी सीएएमसीले गरेको डिजाइन पनि हेर्न दिइएन, सार्वजनिक गरिएन ।
भ्रष्टाचार भए/नभएको अनुसन्धानपछि आउला तर निर्माणको बेलामा काम भए–नभएको हेर्ने कन्सल्ट्यान्ट छुट्टै थियो । उनीहरूले के हेरे ?
डिजाइन रामकृष्ण तिमिल्सिनाको संयोजकत्वमा भएको समितिले बनाए पनि निर्माण त उसले गरेको होइन । बनाउने काम कन्सल्ट्यान्टले गर्यो, प्रत्यक्ष जिम्मेवारी क्यानले लिएको थियो । अहिले समितिले क्यानकै पदाधिकारीबाट भ्रष्टाचार भएको भनेको छ ।
भ्रष्टाचार भए/नभएको अनुसन्धानपछि आउला तर निर्माणको बेलामा काम भए–नभएको हेर्ने कन्सल्ट्यान्ट छुट्टै थियो । उनीहरूले के हेरे ? एउटा ठेकदार छ, एउटा मालिक छ, एउटा सुपरभिजन गर्ने कन्सल्ट्यान्ट छ । तीन वटैको संलग्नताविना त यस्तो रिपोर्ट आएन होला । छानबिन समितिले विज्ञहरू लगाएर नै यो रिपोर्ट निकालेको हो । भ्रष्टाचार भएन भनेर कसरी भन्ने ? भएकै होला ।
सबै हेर्दा सुरुदेखि नै नियोजित हो कि भन्ने शङ्का छ । एयरपोर्टको लबिङ गर्ने क्रममा प्रधानमन्त्री र पर्यटन मन्त्रीको घरघरमा पुग्यौँ । बनाउनुपर्छ भनेर नेताहरूले लबिङ गर्नुभयो होला, तर बनाउने काममा नेताहरूको भूमिका त रहँदैन । नीतिगत रूपमा निर्णयमात्रै गरेको हो । आन्दोलन गरेर पोखरामा एयरपोर्ट आयो, तर निर्माणका क्रममा पोखरेलीलाई नै अन्धकारमा राखियो । व्यक्ति विशेषको लाञ्छना लगाउन मिलेन तर भ्रष्टाचार भएको छ ।
अध्ययन समितिमा १० जना छन् । ५ जनाले मात्रै हस्ताक्षर गरेर रिपोर्ट सार्वजनिक गर्न मिल्छ ?
एमाउण्टमा विश्वास गर्दिनँ तर भ्रष्टाचार भएको छ । यद्यपि यो प्रतिवेदनचाहिँ गलत समयमा आयो । जतिबेला राजावादीको आन्दोलन चर्किरहेको छ । समितिको टोली पोखरामा आएर गएको ४–५ महिना भइसक्यो । अहिले किन निकालियो रिपोर्ट ? सबैको प्रयास पुराना पार्टीलाई हिलो छ्याप्नेमै केन्द्रित भइरहेको छ । १० अर्बको भ्रष्टाचार भयो भनेर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ । यो पोलिटिकल कारण पनि होला नि । नेपालमा कति वटा इस्यु छन्, विदेशी मिडियाले वास्ता गरेन । पोखरा विमानस्थलको इस्यु जताततै आयो । यो त पूर्वाग्रही भयो ।
अध्ययन समितिमा १० जना छन् । ५ जनाले मात्रै हस्ताक्षर गरेर रिपोर्ट सार्वजनिक गर्न मिल्छ ? गलत नियतका साथ रिपोर्ट आएको छ तर भ्रष्टाचार भएको छैन भन्न मिल्दैन । केही समस्या अवश्य छ । सम्बन्धित निकायले मिहिन अनुसन्धान गरोस् र दोषीलाई कारबाहीको दायरामा ल्याओस् ।
(विमानस्थल निर्माण अभियन्ता पालिखेसँग गरिएको कुराकानीमा आधारित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिछिडिएका समुदायको उत्थानका लाागि स्वरोजगार कार्यक्रम
-
डोटीमा सवारी दुर्घटना, एकको मृत्यु, छ जना घाइते
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
मेनपावर कम्पनीले वार्षिक १०० जना कामदार विदेश पठाउनै पर्ने प्रावधान हट्यो
-
जनमत र नागरिक उन्मुक्ति पार्टीबिच एकता घोषणा आज
-
सत्तारुढ दलको बैठक आज बस्ने, के छन् छलफलका एजेन्डा ?