मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

इरानले सिरियाली नेता असदलाई बचाउन विमान पठाएको नेतान्याहूको दाबी

सोमबार, १५ वैशाख २०८२, ०७ : ३९
सोमबार, १५ वैशाख २०८२

तेल अभिभ । गत वर्ष सिरियाली राष्ट्रपति बसर अल असद संकटमा फस्दा उनको उद्धार गर्न इरानले विमान पठाएको दाबी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार गरेका छन्। तर, इजरायली लडाकु विमानहरूले सिरियातर्फ जाँदै गरेका इरानी विमानहरूलाई रोकेकोले इरानले असदलाई सहयोग गर्न सेना पठाउन नसकेको उनले बताए ।

छिमेकी लेबनानमा इरान समर्थित हेजबुल्लाह समूहले इजरायलसँगको लडाईंमा ठूलो क्षति बेहोरेपछि एक सम्मेलनलाई सम्बोधन गर्दै नेतान्याहूले आफ्नो कट्टर प्रतिद्वन्द्वी इरानले असदलाई बचाउन चाहेको दाबी गरे। नेतान्याहूले भने, ‘इरानले सिरियाली नेतालाई मद्दत गर्न एक वा दुईवटा हवाई डिभिजन पठाउन चाहेको थियो, तर हामीले त्यसलाई रोक्यौँ।’ आफुहरुले  केही एफ(१६ लडाकु विमानहरू पठाएको अनि यी विमानले दमास्कस जाने इरानी विमानहरूको बाटो छेकेको उनको भनाइ छ । यसका कारण  इरानी विमानहरू फर्कनु परेको भनिएको छ । तर, नेतान्याहूले यसबारे धेरै जानकारी दिएनन्।

गत वर्षको लडाईंमा, इजरायलले हिजबुल्लाहले प्रयोग गर्ने सयौं पेजर र वाकीटकीहरू विस्फोट गराएको थियो। इजरायलले यो आक्रमण हिज्बुल्लाह नेता हसन नसरल्लाहको हत्या हुनुभन्दा केही दिन अघि गरेको थियो। जनतालाई सम्बोधन गर्दै नेतान्याहूले भने, ‘जब इजरायलले यो कुरा थाहा पायो, हिजबुल्लाहलाई शंका लाग्यो। उसले परीक्षणको लागि इरानमा केही उपकरणहरू पठायो, त्यसैले मैले तुरुन्तै पेजर आक्रमणको आदेश दिएँ। मैले भनेँ, हामीले तुरुन्तै कदम चाल्नुपर्छ,’ नेतान्याहूले भने। 

पछि, इजरायलले निरन्तर गरिरहेको आक्रमणबाट कमजोर भएको हिजबुल्लाहले नोभेम्बरमा युद्धविराममा सहमति जनायो, जसले गर्दा एक वर्षभन्दा बढी समयदेखि चलिरहेको लडाइँको अन्त्य भयो। यद्यपि, इजरायली सेनाहरू अझै पनि दक्षिणी लेबनानका केही भागहरूमा छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप