दक्षिण क्यारोलिनामा गोलाबारी : एकको मृत्यु, ११ जना घाइते
सोमबार, १५ वैशाख २०८२, ०७ : २७
_StEuklzCiI.jpg)
वासिङ्टन डीसी । अमेरिकाको दक्षिण क्यारोलिनाको लोकप्रिय पर्यटकीय सहर मर्टल बीचमा गोलाबारी भएको खबर आएको छ। घटनामा ११ जना घाइते भएको बताइएको छ।
अधिकारीहरूका अनुसार घटनापछि प्रहरीले एक जनालाई गोली हानेको थियो । गोली लागेको कारण उनको मृत्यु भएको बताइएको छ। घाइतेहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको छ।
मर्टल बीचका अधिकारीहरूका अनुसार शनिबार राति (स्थानीय समय अनुसार) मर्टल बीचमा कसैले गोली चलाएको थियो। प्रहरी विभागका अनुसार, तत्काल खतरा महसुस गरेपछि एक अधिकारीले एक जना मानिसलाई गोली हाने। गोली लागेर उनको मृत्यु भयो।
यद्यपि, मृत्यु हुने व्यक्तिको नाम खुलाइएको छैन। उनी सन्दिग्ध थिए वा थिएनन् भन्ने कुरा स्पष्ट पारिएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनै तहको समन्वयमा विकासलाई तीव्रता दिऔँ : मन्त्री दाहाल
-
अमेरिकाको ७ सहरमा कन्सर्ट गर्दै नेपथ्य
-
६३ जना एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
कस्मेटिक,फुड्स सप्लिमेन्ट आयात तथा उत्पादकलाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन
-
दुर्गा प्रसाईं र महेश बस्नेतले एक अर्का विरुद्ध हालेको गाली बेइज्जती मुद्दा हेर्दाहेर्दैमा
-
आन्दोलनरत शिक्षकहरूको नारा – पुरानो ऐन चाहिँदैन, शिक्षक पिट्न पाइँदैन