सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय

शिक्षक आन्दोलन जारी, प्रहरी धरपकडको विरोध

सोमबार, १५ वैशाख २०८२, ०७ : ०४
सोमबार, १५ वैशाख २०८२

काठमाडौं । शिक्षक महासंघको नेतृत्वमा चैत २० गतेदेखि सुरु भएको आन्दोलन अझै जारी रहेको छ। यद्यपि आइतबार भएको आन्दोलनमा झडप भएको थियो । 

महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक तथा कर्मचारीमाथि भएको धरपकडको विरोध गरेका छन् । 

उनले आन्दोलनमा घाइते भएका सबै शिक्षकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै माग पूरा नभएसम्म आन्दोलन निरन्तर जारी रहने बताए । 

महासंघले सबै आन्दोलनकारीलाई सोमबार बिहान ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन आह्वान गरेको छ।

अझै काठमाडौं नआएका साथीहरूलाई महासंघले प्रश्न गर्दै भनेको छ, "आन्दोलनको मोर्चामा आफ्ना साथीहरूको रगत बग्दा पनि तपाईंहरू घरमै कसरी बस्न सक्नुहुन्छ? के आन्दोलनकारी साथीहरूको पीडाले तपाईंलाई घोच्दैन?" महासंघले आन्दोलनलाई थप बलियो बनाउन सबैलाई यथासिघ्र काठमाडौं आउन र सक्रिय सहभागिता जनाउन अनुरोध गरेको छ। विद्यालय शिक्षा ऐन माग गर्दै महासंघ आन्दोलित बनेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप