सिरी’ए : इन्टर मिलान हार्दा नापोली उक्लियो शीर्ष स्थानमा, उपाधिका लागि कडा टक्कर
सोमबार, १५ वैशाख २०८२, ०६ : ११

काठमाडौं । इटालियन सिरी’एमा इन्टर मिलानलाई पछिपार्दै नापोली शीर्ष स्थानमा उक्लिएको छ । टोरिनोलाई २-० ले हराउँदै नापोलीले लामो समय शीर्ष स्थान कब्जा गरेर बसेको इन्टरलाई पछि पारेको हो ।
इन्टर भने आफ्नो ३४ औं खेलमा हार्न पुग्यो । इन्टरलाई घरेलु मैदानमा एएस रोमाले १-० ले हरायो । यो खेलपछि शीर्ष स्थानको नापोलीको ७४ अंक भएको छ भने इन्टरको ७१ अंक छ । यी दुईबीच उपाधिका लागि कडा टक्कर परेको छ । चार खेल बाँकी रहँदा दुबैलाई अबका खेल जित्नै पर्ने दबाब परेको छ ।
रोमासँगको हारले इन्टरलाई नापोली भन्दा बढी दबाब परेको हो । लिग अन्तर्गत युभेन्टसले मोन्जालाई २-० ले, फायोरेटिंनाले इम्पोलीलाई २–१ ले, एसी मिलानले भेनेजियालाई २-० ले र कोमोले जिनोआलाई १-० ले हराए । एटलान्टटा र लेसेले भने १-१ को बराबरी खेल्दै अंक बाँडे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : गिल र बट्लरको विस्फोटक ब्याटिङ, राजस्थानसामु २ सय १० रनको लक्ष्य
-
रेशम र सिके वैशाख १९ गते नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने
-
शाखा अधिकृत हित संरक्षण अभियानद्वारा राज्यव्यवस्था समिति सभापतिलाई तीन बुँदे ज्ञापन
-
चार सय वर्ष पुरानो सिवालय ओझेलमा
-
सातै प्रदेशका मुख्यमन्त्रीविरुद्धको रिटमा सर्वोच्चले मगायो ६ वर्षअघिको सरकारको निर्णय
-
सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने