क्यानडामा कारले ठक्कर दिँदा मृत्यु हुनेको संख्या ११ पुग्यो

भ्यानकुभर । क्यानडाको भ्यानकुभरमा भीडमा कार ठोक्किँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ। यो घटना शनिबार लापु लापु दिवस मनाउने क्रममा भएको थियो।
भ्यानकुभर प्रहरीका कार्यवाहक प्रहरी प्रमुख स्टिभ रोयले यस घटनामा मारिनेहरूमा पुरुष र महिला दुवै रहेको बताएका छन्। यो संख्या अझै बढ्न सक्छ।
रोयले यस मुद्दाको अनुसन्धान १०० भन्दा बढी प्रहरी अधिकारीहरूले गरिरहेको बताएका छन्। उनले घटनास्थलबाट महत्त्वपूर्ण प्रमाण सङ्कलन भइरहेको र प्रत्यक्षदर्शीहरूसँग सोधपुछ गर्ने काम पनि भइरहेको जानकारी दिए ।
यस घटनामा संलग्न ३० वर्षीय संदिग्धलाई पक्राउ गरिएको छ। अनुसन्धानबाट उनलाई मानसिक स्वास्थ्य समस्याको इतिहास रहेको पत्ता लागेको छ।
रोयले यो घटनाको कारण स्पष्ट नभए पनि प्रमाण र आफ्नो विश्वासको आधारमा यो आतंकवादी घटना नभएको भन्न सक्ने बताए।
भ्यानकुभर सिटी काउन्सिलर पिटर फ्राईले घटनाबाट आफू दुःखी भएको बताएका छन्। उनले भने, ‘हाम्रो सहरमा यस्तो पहिले कहिल्यै भएको थिएन।’
फिलिपिन्समा हरेक वर्ष अप्रिल २७ मा लापु-लापु दिवस मनाइन्छ। लापु लापु एक राष्ट्रिय नायक थिए जसले स्पेनी उपनिवेशवादको विरुद्धमा बोलेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बनेन शिक्षक फर्किने वातावरण, शिक्षा मन्त्रालयले सर्वोच्चलाई पठायो जवाफ
-
गगनविरूद्ध प्रधानमन्त्रीको अभिव्यक्ति र अवहेलना मुद्दा संयोग कि रणनीति ?
-
इरानको बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो
-
कानुन नहुँदा मनोरञ्जनात्मक क्षेत्रका महिला श्रमिकलाई समस्या
-
राज्यले शिक्षकहरूमाथि गरेको बर्बरता काँग्रेसले सहन सक्दैन : डा.शेखर कोइराला
-
त्रिभुवन विश्वविद्यालयले ‘अङ्ग्रेजी भाषा शिक्षण र प्रायोगिक भाषा विज्ञान’ सम्मेलन गर्दै