कस्तो रहनेछ तपाईंको आजको राशिफल ?

वि.सं.२०८२ साल वैशाख १५ गते । सोमबार । इस्वी सन् २०२५ अप्रिल २८ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४७ । वैशाख शुक्लपक्ष । तिथि–प्रतिपदा, ४३ घडी ५० पला, बेलुकी ११ बजेर १ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–भरुणी, ४५ घडी १३ पला, बेलुकी ११ बजेर ३४ मिनेट उप्रान्त कृतीका ।
योग–आयुष्मान्, ४१ घडी १० पला, बेलुकी ९ बजेर ५७ मिनेट उप्रान्त सौभाग्य । करण–किंस्तुध्न, दिउसो १२ बजेर १४ मिनेट उप्रान्त बव, बेलुकी ११ बजेर १ मिनेट उप्रान्त बालव । आनन्दादिमा–चर योग । चन्द्रराशि–मेष । काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर २९ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ३५ मिनेट । दिनमान ३२ घडी ४४ पला ।
आजको बार बेला ।
- बिहान ५ बजेर २९ मिनेटसम्म अमृत बेला ।
- बिहान ५ बजेर ३१ मिनेटदेखि बिहान ७ बजेर ८ मिनेटसम्म काल बेला ।
- बिहान ७ बजेर ९ मिनेटदेखि बिहान ८ बजेर ४६ मिनेटसम्म शुभ बेला ।
- बिहान ०९ बजेर ४७ मिनेटदेखि बिहान १० बजेर २४ मिनेटसम्म रोग बेला ।
- बिहान १० बजेर २५ मिनेटदेखि बिहान १२ बजेर २ मिनेटसम्म उद्वेग बेला ।
- मध्यान्ह १२ बजेर ३ मिनेटदेखि दिउसो १ बजेर ४० मिनेटसम्म चर बेला ।
- दिउसो १ बजेर ४१ मिनेटदेखि दिउसो ३ बजेर १९ मिनेटसम्म लाभ बेला ।
- दिउसो ४ बजेर १९ मिनेटदेखि बेलुकी ४ बजेर ५७ मिनेटसम्म अमृत बेला ।
- बेलुकी ४ बजेर ५७ मिनेटदेखि बेलुकी ७ बजेर ५७ मिनेटसम्म चर बेला ।
नोट :शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
- राहुकाल
बिहान ७ बजेर ७ मिनेटदेखि बिहान ८ बजेर ४५ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
- ब्रहा मुहूर्त
बिहान ३ बजेर ५४ मिनेटदेखि बिहान ४ बजेर ४२ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यापार, सेयर बजार तथा उद्योगबाट प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणको सहयोग तथा समर्थन पाउने हुँदा मन प्रसन्न हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।
- वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
खर्च बढ्ने तथा कामहरू नहुने प्रशस्त सम्भावना रहेको छ । आर्थिक स्थिति खस्केर जाने हुनाले घरायसी खर्च व्यवस्थापन गर्न हम्मे हम्मे पर्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च हुने योग रहेको छ । व्यवसायबाट आम्दानी गर्न लगानी बढाउनु पर्नेछ । तर पनि छोटो दूरीको यात्रा हुने तथा विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
परिवार, आफन्त र इस्ट मित्रसँग आत्मीयता तथा सद्भाव बढ्नेछ । सामाजिक सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । शत्रुहरू पराजित हुनेछन् । माया प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ भने पति पत्नीबिच सम्बन्धमा सुधार आउनेछ । राजनीति तथा समाजसेवा जस्ता क्षेत्रमा तपाईँको नाम चर्चामा आउनेछ । विवादित विषय तपाईँकै पक्षमा फैसला हुनेछन् ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
समाजसेवा तथा राजनीतिमा समय दिनेहरूले जनताको सहयोग पाउनेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरू फराकिला हुनेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईँको बौद्धिकताको सबैले सम्मान गर्नेछन् । गीत सङ्गीत तथा कला साहित्यमा समय दिनेहरूले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ ।
- सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
समयमा घर परिवार तथा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने योग रहेको छ । प्रेममा मनमुटाब सिर्जना हुनेछ । तर पनि नाफामूलक व्यवसाय भन्दा सेवामूलक व्यवसाय फस्टाएर जानेछ । धर्म संस्कृति तथा यस्तै क्रियाकलापमा दिन बित्ने योग रहेको छ । अध्ययन तथा अध्यापनको सिलसिलामा लामो दूरीको यात्राको तय गर्न सकिनेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
चिट्ठा प्राप्तिको गतिलो योग रहेको छ । आफन्त तथा दिदी बहिनीबाट सहयोग तथा समर्थन पाइनेछ । शुभचिन्तकको सुझावलाई शिरोधार्य गर्दै अगाडी बढ्न सके फाइदा हुनेछ । माया प्रेममा नजिक भई आफ्ना कुराहरू राख्न सकिनेछ । प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुनेछ । व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने कर्मफल प्राप्त हुनाले मन प्रसन्न हुनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
व्यावसायिक यात्रा हुने तथा आवश्यक पर्दा साथ दिनेहरू प्रशस्त भेटिनेछन् । परिवारका साथ देश विदेशको यात्राको तय गर्न सकिनेछ । स्थायी सम्पत्तिको भरपुर प्रयोग गर्न पाइनेछ । नाफामूलक काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने सेवामूलक काम गरी नाम पनि कमाउन सकिने हुनाले मान सम्मानमा वृद्धि हुनेछ । अध्ययनमा मन जानेछ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
पढ्ने लेख्ने काममा अरूलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना समस्याहरूबाट छुट्करा पाइने हुनाले मन प्रसन्न हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ काम गर्न सकिनेछ । तपाईँसँग मनमुटाबको भावना राख्ने तथा शत्रुता साध्नेहरू आफै कमजोर हुनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरू जुट्ने हुनाले व्यापार, सेयर बजार तथा उद्योगबाट आम्दानी हुनेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरू साँघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
सवारी साधन, पहिरन, खाद्यान्न तथा अन्य क्षेत्रको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यतीत हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ । माया प्रेममा रमाउन सकिनेछ भने परिवारको साथले नयाँ काम गर्न हौसला बढ्नेछ । दिनदुखीको सेवामा आफूलाई समर्पित गर्न पाउँदा मन हर्षित हुनेछ । तर पनि लामो दूरीको यात्रा गर्दा ध्यान दिनुहोला यात्रा कष्टकर नहोला भन्न सकिन्न ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
महत्त्वाकाङ्क्षी योजनाहरू सार्वजनिक गरि आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । लेखन कलाको विकास हुनेछ भने लेखेरै नाम कमाउन सकिनेछ । घाटी सम्बन्धी समस्या ठिक भएर जानेछ । दाजुभाइ तथा बन्धुबान्धवको सहयोगले राम्रा काम गर्न सकिनेछ । छोटो दूरीको यात्राको तय गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको भरपुर सहयोग पाइनेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
बोल्दा ख्याल गर्नुहोला समय मध्यम रहेको छ । आफन्त तथा इष्टमित्रसँग मनमुटाब बढ्नेछ । रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटी लाने तथा अनावश्यक ठाउँमा खर्च बढ्नेछ । माया प्रेममा एक अर्कालाई शङ्का गर्नाले मनमुटाब बढ्नेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । व्यापार व्यवसायमा लगानी गरी आम्दानी गर्नको लागि केही समय कुर्नु नै बेस हुनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी ।