सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय

लिभरपुललाई प्रिमियर लिगको २० औं उपाधि, एन्फिल्डमा मनायो उत्सव

सोमबार, १५ वैशाख २०८२, ०३ : ३९
सोमबार, १५ वैशाख २०८२

काठमाडौं । एन्फिल्डमा शानदार जित निकाल्दै लिभरपुलले इंग्लिश प्रिमियर लिगको उपाधि जितेको छ । टोटनह्याम हट्स्परविरुद्धको खेलमा ५-१ को शानदार जित निकाल्दै लिभरपुलले चार खेल अगावै लिगको २० औं उपाधि उचालेको हो । 

पाहुना टोलीले लिएको सुरुवाती अग्रतालाई उल्ट्याउँदै लिभरपुलले शानदार प्रदर्शन गर्‍यो । उसका लागि लुइस डियाज, एलेक्सिस म्याक एलिस्टर, कोडी गाकपो र मोहम्मद सालाहले गोल गरे । एक गोल भने लिभरपुलले आत्मघाती उपहार पायो । 

शीर्ष वरियताको २० औं उपाधि उचाल्दै आर्ने स्लोट पिमियर लिग जित्ने पहिलो डच कोच बनेका छन् । जितपछि स्लोटले आफ्ना पूर्ववर्ती जुर्गेन क्लोपलाई सम्झिए । अघिल्लो वर्ष गर्मीयामका क्लोपको ठाउँमा लिभरपुलको मुख्य प्रशिक्षक हुन आएका थिए, स्लोट । 

उनले यो अवस्थामा आफु केही बोल्न नचाहेको र केवल जुर्गेन क्लोपलाई आफ्नो प्रशंसा पठाउनु छ, भने । उनले गत सिजन क्लोपले आफ्नो अन्तिम खेलमा लिभरपुलका प्रशंसकलाई गाउन भनेको गीत गाए । प्रिमियर लिगको अर्को खेलमा म्यान्चेस्टर युनाइटेड र बर्नमथले १-१ को बराबरी खेल्दै अंक बाँडे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप