सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय

दिल्लीलाई हराउँदै बैंग्लुरु आईपीएलको शीर्ष स्थानमा

सोमबार, १५ वैशाख २०८२, ०३ : ०९
सोमबार, १५ वैशाख २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ४६ औं खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरुले दिल्ली क्यापिटल्सलाई हराएको छ । बैंग्लुरु ९ बल बाँकी छँदै ६ विकेटले विजयी भयो । 

दिल्लीले १६३ रनको मध्यम चुनौति दिएकामा बैंग्लुरुले १८ ओभर ३ बलमा मात्र चार विकेट गुमाएर पार गरेको हो । बैंग्लुरुका लागि क्रुणाल पाण्ड्याले सर्वाधिक ७३ रन बनाए । उनले ४७ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै अविजित ७३ रन बनाएका हुन् । समान ४७ बल सामना गरेका विराट कोहलीले भने अर्थशतक पार गरे । उनले ४७ बलमा ४ चौकाको मद्दतले ५१ रन बनाए ।  

टिम डेभिडले अविजित १९ रन बनाउँदा आपनर ज्याकब बेथेलले १२ रन बनाए । दिल्लीका अक्सर पटेलले दुई विकेट लिए । यसअघि, अरुण जेट्ली स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा मात्र १६२ रन मात्र बनाउन सक्यो । दिल्लीका कुनै पनि ब्याटरले अर्धशतकीय पाली खेल्न सकेनन् ।

केएल राहुलले सर्वाधिक ४१ रनको योगदान दिए भने ट्रिस्टन स्टब्सले ३४ रन बनाए । त्यस्तै अभिषेक पोरेलले २८ रन बनाए । 
करुन नैरले मात्र ४ रन बनाए भने अन्य दिन तीव्र गतिमा ब्याटिङ गर्दै आएका अक्षर पटेलले पनि आज १५ रन मात्र बनाउन सके । 

बैंगलुरुका भुवनेश्वर कुमारले ३ विकेट लिए भने जोस हेजलवुडले २ विकेट लिए । यो जितपछि १४ अंक बटुलेको बैंग्लुरु शीर्ष स्थानमा उक्लिएको छ भने शीर्ष स्थानको गुजरात टाइटन्स दोस्रो स्थानमा झरेको छ । दुई खेल कम खेलेको गुजरात समान अंक भए पनि रनरेटका आधारमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स भन्दामाथि रहेको हो ।  

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप